Saturday, March 15, 2025

बाराको चुरियामाईमा भारतीय तिर्थ यात्री बोकेको बस दुर्घटना हुँदा ७ जना को मृत्युबारा : भारतीय तीर्थ यात्री बोकेको बस बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न २२ चुरियामाई नजिकै दुर्घटना भएकाे छ । उक्त बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।भारतिय तीर्थयात्री बोकेको बस बिहिवार बिहान करिब ३ बजे दुर्घटना हुँदा बसमा सवार ७ जनाको मृत्यु भएको छ ।काठमाडौबाट पशुपतिनाथको दर्शन गरेर महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको सो बस दुर्घटनामा ६ भारतीय नागरिक र एकजना नेपालीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।चालक सहित २७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको खोलामा खसेको र दुर्घटनामा घाइते अन्य १९ यात्रुको हेटौंडाको विभिन्न अस्पतालमा उपचार भईरहेको प्रहरिले जनाएको छ।गाडी चालक फरार रहेको हुनाले घटना कसरी भएको अहिले अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ।मृत्यू भएका व्यक्तिहरु:-१) जि. महोत्तरी लोहार पटी बस्ने अ.बर्ष ४१ को बिजय लाल पण्डित२.) हाल नाम थर वतन नखुलेको अ.बर्ष ६५ की महिला३.) हाल नाम थर वतन नखुलेको अ.बर्ष ६५/७० को पुरुष ब्यक्ति४.) हाल नाम थर वतन नखुलेको अ.बर्ष ५५/६० की महिला५.) देश भारत राजस्थान बस्ने अ.बर्ष ६७ को बहादुर सिंह६) देश भारत राजस्थान बस्ने अ.बर्ष ६५ की मिरा देबी७) हाल नाम थर वतन नखुलेको अ.५५/६० की महिलाघाईतेहरु:-१) देश भारत राजस्थान बस्ने अ.४८ को घनश्याम चतुरबेदी ।२)जिल्ला महोत्तरी जलेश्वर न.पा.बस्ने अ.बर्ष ३८ को बिहारी मुखीया ।३)जिल्ला धनुषा मौवा गा.पा.१८ जनकपुर बस्ने अ.बर्ष ४१ को घुरन मण्डल ।४)जिल्ला महोत्तरी लोहारपति न.पा.५ बस्ने अ.बर्ष २६ को जसबेन्दर पासवान ।५)देश भारत राजस्थान बस्ने अ.बर्ष ५३ की माया देबी ।६)ऐ.ऐ.बस्ने अ.बर्ष ३५ को अनिल कुमार ।७)ऐ.ऐ.बस्ने अ.बर्ष ५० को तारा वती चतुरबेदी ।८)निजकै नातिनि अ.बर्ष ९ की क्रितिका चतुरबेदी ।९)ऐ.ऐ.बस्ने अ.बर्ष ४८ को श्याम लाल माली ।१०)ऐ.ऐ.बस्ने अ.बर्ष ४७ को हरवारी माली ।११)ऐ.ऐ.बस्ने अ.बर्ष ७० की चौथी देबी ।१२)ऐ.ऐ.बस्ने अ.बर्ष ७२ को सुरेस चन्द्र चक्रवती ।१३)ऐ.ऐ.बस्ने अ.बर्ष ७३ को राम प्रसाद ।१४)देश भारत राजस्थान बस्ने अ.बर्ष ६३ को धरम सिंह ।१५)ऐ.ऐ.बस्ने अ.बर्ष ६० की ईन्दु धाकद ।१६)ऐ.ऐ.बस्ने अ.बर्ष १६ की गर्बिदा चतुरबेदी ।१७)ऐ.ऐ.बस्ने अ.बर्ष ५४ को राम कुमार चतुरबेदी ।

ताजा / भरखरै प्राप्त

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles