चोरीपैठारीको सामान बरामद
ईलाम जिल्लाको सुर्योदय नगरपालिका २ चारमाईलस्थित सीमा ईलाकाबाट करीव १ लाख ७६ हजार ६ सय रुपैयाँ बराबरको चोरीपैठारीको सामान सशस्त्र प्रहरीले भाद्र ६ गते बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ५ कार्टुन कुरकुरे, कस्मेटिक तथा इलेक्ट्रोनिक सामान प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरले बरामद गरेको हो ।
बरामद सामान पशुपतिनगर भन्सार कार्यालय ईलाममा बुझाईएको छ ।
रसुवाको गोसाईकुण्डबाट मदिरा र सुर्तीजन्य पदार्थ बोकेको ट्रक नियन्त्रणमा
रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका २ रसुवागढी ईलाकाबाट भाद्र १ गते सशस्त्र प्रहरीले करीव ३६ लाख २५ हजार रुपैयाँ बराबरको मदिरा तथा सुर्तीजन्य पदार्थसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ ।चीनबाट नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्यको ७ सय २५ पेटी चुरोट र विभिन्न ब्राण्डका ३ सय १२ बोतल मदिरासहित ना २ ख ९४०२ नम्बरको मालबाहक ट्रक नं. २० गुल्म रसुवाले नियन्त्रणमा लिएको हो ।नियन्त्रणमा लिइएको ट्रक मदिरा तथा सुर्तीजन्य पदार्थसहित रसुवा भन्सार
कार्यालय टिमुरेमा बुझाईएको छ ।
चोरीपैठारीको सामान बरामद
कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका ५ गोटिहवाबाट भाद्र ३ गते
सशस्त्र प्रहरीले करीव ८ लाख ६२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान
बरामद गरेको छ ।भारतबाट अवैध रुपले ल्याई लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको
आधारमा बिओपी मर्यादापुर कपिलवस्तुले उल्लेखित मुल्यको लत्ताकपडा तथा
चप्पल बरामद गरेको हो ।बरामद सामान सुठौली भन्सार कार्यालय कपिलवस्तुमा बुझाईएको छ ।

