Saturday, March 15, 2025

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर पश्चिम क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

ताजा / भरखरै प्राप्त

मनसुन सक्रिय हुँदा हिजोदेखि नै देशभर वर्षा भइरहेको छ । आज र भोलि पनि अहिलेको जस्तो अवस्था रहिरहने पूर्वानुमान छ । वरिष्ठ मौसमविद वरुण पौडेल शनिबारदेखि मात्र मौसममा क्रमिक सुधार हुने बताउँछन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तर तिर सरेर नेपाल नजिक अवस्थित छ । साथै भारतको उत्तर प्रदेशको उत्तर पश्चिम क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रको समेत नेपालमा प्रभाव परेको छ । त्यसैले देशभर नै बदली भई हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश लगायत कोशी, मधेश, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको तथा यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान

Previous article
Next article
नेपाल प्रहरीका पाँच इन्स्पेक्टरको काज सरुवाकाठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले पाँच जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को काज सरुवा गरेको छ।प्रधान कार्यालयका अनुसार आवश्यकताअनुसार काजमा खटाउनुपर्ने भएकोले ५ इन्स्पेक्टरलाई काज सरुवा गरिएको हो ।सरुवा सूचीअनुसार केन्द्रिय कारागार सुरक्षामा खटिएका इन्स्पेक्टर श्याम कुमार कटवालको प्रहरी प्रभाग काँडाघारीको प्रमुखमा सरुवा भएको छ।ईलाका प्रहरी कार्यालय फापरबारी मकवानपुर सरुवा भएका उदय शम्सेर जवरालाई ललितपुरको इमाडोल प्रभागमा ल्याएको छ भने ईलाका प्रहरी कार्यालय फापरबारीमा हेटौंडास्थित रातोमाटे गणमा कार्यरत इन्स्पेक्टर नारायण थापा गएका छन्।काठमाडौं स्थित केन्द्रीय बसपार्कसंगै रहेको प्रहरी प्रभाग नयाँ बसपार्कमा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा कार्यरत इन्स्पेक्टर दिनेश गुरुङको सरुवा गरिएको छ।त्यस्तै हेटौंडाको ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरमा जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत इन्स्पेक्टर दिनेशबहादुर कुँवरको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles