Saturday, March 15, 2025

आम जनता पार्टीका अध्यक्ष समेत रहेका सांसद प्रभु साहले गौर हत्याकाण्डका दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारले आलटाल गरिरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै २०६३ चैत ७ गते रौतहटको गौरमा राइस मिलको चौरमा तत्कालीन माओवादीका २८ जना कार्यकर्ताको हत्यामा संलग्नलाई तत्काल कारवाहीको दायरामा ल्याउन सरकारसँग माग गरे ।

ताजा / भरखरै प्राप्त

सांसद साहले उक्त हत्याकाण्ड नरसंहार रहेको र यसमा संलग्नलाई राजनीतिक संरक्षण नदिन चेतावनी दिए । उनले गौरमा राजनीतिक कार्यक्रममा सहभागी युवक, युवतीलाई नियन्त्रणमा लिएर विभत्स तवरले हत्या भएको बताए । ‘घटना हत्याकाण्ड मात्र होइन, नरसंहार हो, महिलालाई स्तन काटेर, संवेदनशील अंगमा भाटा र रडले घोचेर हत्या गरिएको छ’ साहले भने, ‘त्यस किसिमका मानवताविरोधी नरसंहारका दोषीलाई जोगाउने गरी सरकारका रहेका दलहरुले निर्णय गरेका छन्, त्यो अस्वीकार्य छ ।’ हत्यापछि हत्यामा संलग्न र योजनाकारविरुद्ध प्रहरीमा जारी समेत दिइसकेको र त्यसमा प्रहरीले नियतबस अनुूसन्धान नगरेको उनले बताए । ‘प्रहरी मारिँदा जाहेरी नपरेपनि अनुसन्धान हुने, तर नागरिक मारिँदा जाहेरी परेपनि प्रहरी किन मौन बस्छ, के प्रहरीको नियतमाथि सोच्ने बेला आएको हो ?’

दाेषीलाइ पक्राउ गरी अनुसन्धान नगरिए त्यसबाट उत्पन्न परिणामकाे जिम्मेवारी सरकार हुनुपर्ने उनकाे भनाइ थियाे । उनले आफूमाथि लगाइएकाे आराेपकाे समेत खण्डन गरे ।

सरकारमा सहभागी दलहरुको गठबन्धन बैठकले गौर हत्याहत्याकाण्डको अनुसन्धान तत्कालका लागि अगाडि नबढाउने सहमति कायम गरेका थिए । हत्याकाण्डमा सरकारमा सहभागी जसपाका अध्यक्ष उपेन्द्र यादवलाई मुख्य योजनाकारको रुपमा प्रहरीमा जाहेरी परेको बताइएको छ । सो हत्याकाण्डमा मारिएकाका परिवारका सदस्यहरूले दोषीलाई कारवाहीको माग गर्दै संघर्ष गर्दा सरकार (गृहसचिव)ले साउनको अन्तिम हप्ता ५ बुँदे सहमति गर्दै प्रहरीमा परेका जाहेरीमाथि अनुसन्धान तत्काल अगाडि बढाउने भनिएको थियो ।

त्यसलाई लिएर जसपाले काठमाडौं पत्रकार सम्मेलन गरेर हत्याकाण्डमा जसपा र अध्यक्ष यादवको कुनै संलग्नता नरहेको बताएको थियो । जसपाका नेता राजकिशोर यादवले पत्रकार सम्मेलनमै हत्याकाण्डका मुख्य जिम्मवार प्रभु साह रहेको आराेप समेत लगाएका थिए ।

यो पनि पढ्नुहोस

गौर हत्याकाण्डमा प्रभु साह जिम्मेवार : जसपा

राजनीति

Previous article
जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २६ जना पक्राउकाठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-७ हरहर महादेव डेरा गरी बस्ने सिन्धुपलान्चोक मेलम्ची नगरपालिका-९ की ३८ वर्षीय सागर लामाको कोठामा जुवातास खेलिरहेका अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय सन्जु श्रेष्ठ समेत ७ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कांडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९४ हाजार ८ सय २५ रूपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो ।यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानीस्थित अमृता मगरको टहरोमा जुवातास खेलिरहेको अवस्थामा दोलखा मेलुङ गाउँपालिका-६ घर भएका २५ वर्षीय प्रदिप लामा समेत ६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधरमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ७ सय ५० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ एरिचोकस्थित न्यू पञ्चकोशी दुल्लु खड्का होटलमा जुवातास खेलिरहेको अवस्थामा दैलेख दुल्लु नगरपालिका-७ घर भएका ४६ वर्षीय दिनेश हमाल समेत १३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १९ हजार ९ सय रूपैयाँ, ५ बुक तास र मोबाइल १५ थानसहित पक्राउ गरेको हो ।साभार।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles