धरानमा आज राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार राति १२ बजेखि शनिबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा गरिएको आदेश जारी गरेको हो ।
धरानमा गोरु काटेर खाएको, मन्दिरै अगाडि चर्च बनाएको विषयलाई लिएर हिन्दु समर्थकले शनिबार आह्वान गरेको प्रदर्शनले नयाँ रुप लिन सक्ने अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रमुख अधिकारी हुमकला पाण्डेद्वारा जारी सूचनामा उल्लेख छ, ‘धरान उपमहानगरपालिका क्षेत्र धार्मिकरसाम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी संक्रामक रोग ऐन २०२० को दफा ९२० तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९३० बमोजिम मिति २०८०।०५।०८ गते राति १२ बजेदेखि मिति २०८०।०५।०९ गते राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभा, न्याली, भेलाजम्मा, प्रदर्शन लगायतका कुनै पनि कार्यक्रमहरू नगर्नरनगराउन धरान उपमहानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण वडालगायत तपसिलका क्षेत्रमा समेत लागू हुने गरी निषेधादेश जारी गरिएको व्यहोरा सम्बन्धित सम्पूर्णको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।’
साम्प्रदायिक सद्भावमा असर पर्न सक्ने भन्दै धरान प्रवेश गर्ने नाकामा कडाइ पनि गरिएको छ । जारी सूचनामा धरान प्रवेश तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता बढाइएको छ भने ती स्थानबाट प्रदर्शनमा आउने धरान प्रवेश गर्न दिइएको छैन ।
