Sunday, March 16, 2025

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जस अनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल्य ८०, भारतीय ठूलो गोलभेडा १००, टनेल गोलभेडा सानो ५५, लोकल गोलभेडा सानो ५०, घिउ सिमी लोकल ८०, काउली स्थानिय प्रतिकेजी ५०, आलु रातो ५०, मुडे आलु रातो ४८, भारतीय आलु रातो ३६, लौका ८०, हरियो फर्सी ८०, घिरौला ६० कायम भइ कारोबार भइरहेको छ । एक सातामा ठुलो गोलभेडा झन्डै ६० रूपैया सस्तो भएको छ ।

ताजा / भरखरै प्राप्त

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५०, बन्दा लोकल ४५, गाँजर १००, मूला सेतो ७०, मूला रातो ६०, भन्टा डल्लो ८०, भन्टा लाम्चो ६०, मकै बोडी ९०, टाटे सिमी ८०, तितो करेला ७०, ब्रोकाउली १६०, कागती १३०, भिण्डी ५५, न्यूरो ८०, रातो बन्दा १४०, लोकल काक्रो ६०, अदुवा प्रतिकेजी २५० रूपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०, केरा दर्जन १३०, अनार ३०० रुपैयाँ, नासपाती ७०, एभोकाडो ३५०, कालो अंगुर ४००, किवि ७००, हरियो खुर्सानी अकबरे २५० तथा रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनिया १५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २४०, भारतीय प्याँज सुकेको ७३, लसुन हरियो २००, रुख कटहर ४०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ७०, शरीफा २५०, फूजी स्याँउ ३५०, अम्बा १२०, जुनार ३००, तोफु ११०, पिंडालू ६०, तामा ९०, कन्य च्याउ १५०, तने बोडी प्रतिकेजी ८० मा कारोबार भइरहेको छ ।

नेपालबहस संवाददाता

Previous article
सामान्य प्रशासनमा ब्याकडेटमा ब्यापक सरुवा, मन्त्री साह बेखबरकाठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुस्कर कर्णको सरुवा बुधबारै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको छ । तर उनी शुक्रबार बिहानसम्म पनि सामान्य प्रशासन मन्त्रालयमा सरुवा गर्ने कार्यमा सरिक भइरहेका छन् ।बीरगंजमा रहेका सचिव पुस्करसँगकै सहमतिमा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका प्रमुख हेमराज तामाङ, कर्मचारी शाखाका उपसचिवद्वय खिलराज राई र कमानसिंह थापामगरले साउन २३ र २४ गतेको मिति राखी बुधबार, बिहीबार, शुक्रबार बिहानसम्म सरुवा गरिरहेको स्रोतले बताएको छ । शुक्रबार बिहानसम्म पनि केही नासुहरुको सरुवा तामाङ, राई र थापामगरले गरेको स्रोतले बताएको छ । खिलराज राई र कमानसिंह थापा माओवादी निकट उपसचिव हुन् । उनीहरुले नै सरुवाको सूची बनाउने र महाशाखा प्रमुख तामाङले सदर गर्ने गरेका छन् ।जनमत पार्टीकी मन्त्रीको सचिवालयसमेतले पूर्णता नपाएको अवस्था छ । संघीय ममिलात तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साह सचिव पुस्करको समेत सहमतिमा ब्याकडेटमा भइरहेको सरुवाबारे बेखबर छिन् ।पुस्करले मोदीको आज्ञा शिरोपर गर्दै आफ्नो साढे ५ महिने कार्यकाल बिताएर बुधबार सरुवा भए । मोदीको कार्यकालमा भएका अधिकांश सरुवा विवादित बनाउने काम पनि पुस्करले नै गरेका थिए । मोदीले मन्त्रीबाट पदमुक्त हुनुअघि स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेका उपसचिवहरु कोही पनि खटाएको पालिकामा अहिलेसम्म हाजिर गर्न गएका छैनन् । मोदीको आदेशमा सरुवा गरेको एक साताभित्र हाजिर हुन नगए कारबाही गर्ने सूचना जारी गरेका थिए पुस्करले । तर मोदीको बहिर्गमनपछि उनले गरेका ती सबै उपसचिवहरुको सरुवा कार्यान्वयन नगरी पत्र नै गायब बनाएर गाईजात्रा प्रदर्शन गरेका छन् ।लामो समय मन्त्रालय र बिभिन्न निकायमा कार्यरत स्थानीय तहमा सरुवा भएका भूमिब्यवस्था मन्त्रालयदेखि लोकसेवा आयोगदेखि विभिन्न विभागका ३४ जना उपसचिवहरुलाई पुस्करले पत्र नै नदिएका कारण उनीहरुको सम्बन्धित मन्त्रालयले आन्तरिक सरुवा गरिसकेको छ । ती ३४ जना उपसचिवलाई लेनदेनकै आधारमा सरुवा पत्र नदिएको आरोप सचिव पुस्करमाथि छ ।बर्षौबर्ष सिंहदरबारमा राज गरेका उपसचिवहरुलाई स्थानीय तहमा खटाएको भन्दै मोदीले स्टन्टबाजी गरेका थिए । सरुवामा गरेको खुल्ला सेटिङ ढाकछोप गर्ने अस्त्र बनाएका थिए ३४ उपसचिवको सरुवा । तर त्यो पनि उनैले ल्याएका सचिव पुस्करले कार्यान्वयन गरिदिएनन् । सरुवा भइसकेका सचिव पुस्करको योजनामा सरुवामा गोलमाल गर्ने सहसचिव तामाङ पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा हुँदैछन् ।नेपाल फेस।साभार।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles