उनले नक्कली पेस्तोल देखाउँदै व्यवसायीसँग रकम असुल्ने गर्दै आइरहेको भन्ने सूचनामा आधारमा निगरानीका क्रममा भारतसँग सीमा जोडिएको बडियारपट्टी गाउँपालिका–३ बाट पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
भारतबाट नेपालतर्फ आइरहेका लक्ष्मीपुरपतारी–२ का मुकेश यादव र सखुवानन्कारकट्टी गाउँपाालिका–१ का सदन नारायण दासलाई नक्कली पेस्तोल देखाउँदै ‘नेपाल प्रहरीको सई हुँ’ भन्दै धम्क्याइरहेको अवस्थामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
अभियुक्त साहलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहाको जिम्मा लगाइएको छ । सीमा क्षेत्रमा सुरक्षा र चेकजाँचका लागि सशस्त्र प्रहरी खटिँदै आएको छ ।
सशस्त्र प्रहरी
