Tuesday, March 18, 2025

पर्सा को बिरगंजमा बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा मालबस्तुहरू लोड रहेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

ताजा / भरखरै प्राप्त

बिहीबार राति ९:३० बजेको समयमा खुद्रा तथा हार्डवेयरका सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक स्थित सडकखण्डमा ना.४ ख ९१३९ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा ट्रकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

सो पक्राउ परेका ट्रक र सो भित्र लोड रहेको सामानहरूको रू.९५ लाख ४३ हजार एक सय छव बराबरको मुल्यांकन गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि शुक्रबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गीरिले जनाएका छन् ।

Previous article
Next article
टी-२० सिरिजमा मलेसियासँग हारे पनि नेपालले फाइनल खेल्नेचार देश सम्मिलित टी-२० सिरिजमा नेपाली महिला क्रिकेट टिम समूह चरणको आफ्नो अन्तिम खेलमा पराजित भएको छ।पराजय भोगे पनि नेपाल फाइनलमा पुग्न सफल भयो। दुई दुई खेलमा जित निकालेका नेपाल, हङकङ र मलेसियाको समान ४-४ अंक हुँदा रनरेटमा अघि रहेका नेपाल र हङकङ फाइनलमा पुगे। फाइनल शनिबार हुनेछ।नेपाललाई शुक्रबार घरेलु टिम मलेसियाले डिएल मेथडमा ६ विकेटले पराजित गर्‍यो।वर्षाले प्रभावित खेलमा १८ ओभरमा ८५ रनको लक्ष्य मलेसियाले ४ विकेट गुमाएर १६.२ ‌ओभरमा पूरा गर्यो।मलेसियाका लागि अइना हसिमले नटआउट ३७ रन तथा इजाती इम्माइलले २१ रनको योगदान दिए।बलिङमा नेपालकी पूरा महतो, सीता राना मगर र रुबिना क्षेत्रीले १-१ विकेट लिए।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १८ ओभरमा ८३ रनमा अलआउट भयो। नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २३ रन, इन्दू बर्माले २० रन र काजल श्रेष्ठले १८ रनको योगदान गरे।बलिङमा मलेसियाकी अइना हसिम, महिराह इजाती इम्माइल र नुर समादले २-२ विकेट लिए। यसअघि आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो।सिरिजपछि नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया छनोट खेल्नेछ।मलेसियामा हुने प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन्। नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई समूह ‘ए’ मा छन्।प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा अगस्ट ३१ मा आयोजक मलेसियासँग खेल्नेछ।समूह ‘बी’ मा ५ टिम छन्। प्रतियोगिताबाट दुई टिम विश्व छनोटमा पुग्नेछन्।विश्वकप छनोटमा १० टिम सहभागी हुँदा २ टिमले सन् २०२४ मा बंगलादेशमा हुने महिला टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन्।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles