कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई बहुमत दिए जातीय पहिचानको प्रदेश दिने भनेर बोलेका कुराले अहिले अप्ठ्यारो परिस्थिति सिर्जना गरेको बताए । प्रधानमन्त्री जस्तो पदमा बसेको व्यक्तिले एकत्रित भएर बसेको समाजलाई भड्काउने काम गरेको उनको भनाइ छ ।
नेताहरूले बोलेको कुरामा विश्वास घट्दै गएको भन्दै कोइरालाले भ्रष्टाचारमा संलग्नलाई दण्डित नगरे विश्वास नबढ्ने बताए । सुनकाण्डको छिनोफानो जनताले बुझ्ने गरी हुनुपर्ने कोइरालाको भनाइ छ । अमेरिकी अध्ययनले नेपालमा बाह्य लगानीको प्रशस्त सम्भावना देखाए पनि सरकारका कमजोरीले आउन नसकेको बताए । उनले सरकार अस्थिर र बोझिलो कर्मचारीतन्त्रलगायत कारण लगानी गर्ने मानिस हतोत्साहित हुन थालेको बताए ।
कोइरालाले सामाजिक सदभाव कायम राख्न पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने बताए । सञ्चारकर्मी कठिन अवस्थामा पुगेपनि देशमा सदभाव कायम राख्ने कुरामा सचेत हुनुपर्ने उनको बताए । पत्रकारले समीक्षक बनेर नेतालाई सचेत गराउनु पर्ने कोइरालाले बताए । विज्ञापन अभावका कारण देशभरका मिडिया संकटमा रहेको उनको भनाइ छ । सामाजिक सञ्जालको दबाबमा मिडिया रहेको उनले बताए ।
अब मिडिया कसरी परिवर्तन हुने भन्ने कुरा महत्वपूर्ण देखिएको छ,उनले भने, मिडियाकर्मी जहिले पनि स्वतन्त्र भएर काम गर्नुपर्छ । पत्रकारले समीक्षक बनेर नेतालाई सचेत गराउनु पर्छ । पत्रकारले नेता वा राजनीतिक समूहको पक्षपोषण गर्न नहुने उनको धारणा छ । अहिले देशको राजनीति कता गएको भन्दा पनि अप्ठ्यारो परिस्थितिमा रहेकोमा चिन्ता लाग्छ, सामाजिक, राजनीतिक र आर्थिक अवस्था सकारात्मक देखिएको छैन, यसलाई कसरी सुधार गर्ने हो भन्ने मलाई चिन्ता छ ।
null
विश्व तस्करहरूको अखडा बन्दै गएको र थप जोखिम रहेको सुनाउँदै उनले भने, नेपाल अन्तर्राष्ट्रियस्तरको तस्करी अखडा बनेको छ । हङकङको विमानस्थलबाट कसरी त्यत्रो सुन आयो । सरकार जसरी पनि बनाउन नहुने भन्दै उनले कोशी प्रदेशमा यस्तै प्रयास गर्दा कठिनाई आएको बताए । प्रधानमन्त्री प्रचण्डले अदालत ‘बढी एक्टिभ भयो’ भन्ने कुरा आफूसँग राख्दा संविधान र कानुनअनुसार काम गर्न सुझाव दिएको कोइरालाले स्मरण गरे ।

लेखकबाट थप
सम्बन्धित पोस्ट
सक्षम र योग्य न्यायाधीश नियुक्ति आवश्यक : मन्त्री गुरुङ
सक्षम र योग्य न्यायाधीश नियुक्ति आवश्यक : मन्त्री गुरुङ
भदौ ९, २०८० शनिबार
राष्ट्रिय दलको मान्यता प्राप्त नगरेको भन्दै हाम्रो पार्टी नेकपा एसलाई अपमानित गरियोः माधव नेपाल
राष्ट्रिय दलको मान्यता प्राप्त नगरेको भन्दै हाम्रो पार्टी नेकपा एसलाई अपमानित गरियोः माधव नेपाल
भदौ ९, २०८० शनिबार
सामाजिक सदभाव कायम राख्न जनमोर्चाको अपिल
सामाजिक सदभाव कायम राख्न जनमोर्चाको अपिल
भदौ ९, २०८० शनिबार
नेपालबहस ट्रेन्डिङ
राजनीतिको कसाईकरण र पाखण्डी राष्ट्रवाद !
राजनीतिको कसाईकरण र पाखण्डी राष्ट्रवाद !
भुवनेश्वर अर्याल
भदौ ६, २०८० बुधबार
ललितानिवास प्रकरणमा सीआईबीको प्रतिवेदनमै प्रश्न, व्यक्तिको जग्गा खरिद गर्दा कसरी भयो कीर्ते ?
ललितानिवास प्रकरणमा सीआईबीको प्रतिवेदनमै प्रश्न, व्यक्तिको जग्गा खरिद गर्दा कसरी भयो कीर्ते ?
नेपालबहस संवाददाता