दानबहादुर बुढा
मुगु । जुम्ला सिञ्जाको ऐतिहासिक स्थान सिन्जा गाउँपालिकामा रहेकाे केदारनाथ मन्दिरमा केदारनाथ महोत्सव सुरु भएको छ। साउन पूर्णिमा, एकादशी केदारनाथको मेला, भारा न्हान्य, गौजो काट्ने वर माग्ने मेला भन्ने मूल नाराका साथ सिँजा गाउँपालिका– ४ विकट बस्तीमा रहेकाे बारेगाउँ नजिकैको केदारनाथ मन्दिरमा महोत्सव आयोजना गरिएको हो ।
तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा स्याउ, स्थानीय उत्पादन- अन्नबाली, पुराना संरचना, भेडा-बाख्राकाे उन बाट तयार पारिएका बस्तु, काठ, माटाे र ढुङ्गाबाट निर्माण गरिएका वस्तु प्रदर्शनीसमेत गरिने सिन्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।
अध्यक्ष धितालका अनुसार केदारनाथ लगायत पालिकाभित्र रहेका, धार्मिक-सांस्कृतिक, कृषि, रैथाने अन्न बाली, भेषभुषा तथा रीतिरिवाज, चालचलनको ऐतिहासिक तथा धार्मिक महत्व छ । उचित प्रचार-प्रसारको अभावमा सधैँ ओझेलमा परिरहेको छ । महोत्सव आयोजना गरेर धार्मिक पर्यटनको केन्द्र बनाउने लक्ष्य राखिएको समेत उनले बताए ।महोत्सवको उद्घाटन कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री कृष्णकुमार विसीले गरेका छन ।
