Sunday, June 29, 2025

१० भदौ, भारतले उसिना चामलमा पनि निर्यात कर लगाएको छ । शुक्रबारबाट लागू हुने गरी भारतले सबै प्रकारका उसिना चामलमाथप २० प्रतिशत कर लगाएको छ ।

ताजा / भरखरै प्राप्त

चामलमा थप कर लगाएको भारतको सेन्टररल बोर्ड अफ इन्डाइरेक्ट टयाक्स एण्ड कष्टमले शुक्रबार यस्तो निर्णय गरेको हो । भारतको पछिल्लो निर्णयले नेपाली बजारमा पनि असर गर्न सक्ने अनुमान गरिएको छ । यसअघिदेखि नै भारतले बास्मती चामल निर्यातमा रोक लगाउदै आएको छ ।

चामल आन्तरिक खपतमा अपुग भएपछि निर्यात रोक्ने उद्देश्यले थप कर लगाउने निर्णय गरेको अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । भारतले यसअघि नै प्याज निर्यातमा ४० प्रतिशत थप कर लगाइसकेको छ । जसले गर्दा भारतीय व्यापारीहरुले नेपालतर्फ प्याज बिक्री गर्न नसकेको व्यापारीहरुले बताउँदै आएका छन् ।

यसबाट गत साता ६५ रुपैयाँ प्रति केजी रहेको प्याज एक सय रुपैयाँ पुगेको छ । भारतले निर्णयले चामलमा पनि भाउ आकाशिने व्यापारीहरु बताउँछन् ।

कृषि

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles