नेपाल प्रहरीका एसएसपी भुपेन्द्र खत्रीले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् । खत्रीले शुक्रबार टेकुस्थित काठमाडौं प्रहरी परिसर पुगेर जिम्मेवारी सम्हालेका हुन् ।केही दिनअघि गृह मन्त्रालयले खत्रीलाई काठमाडौं प्रहरी प्रमुखमा सरुवा गरेको थियो ।
