Saturday, April 19, 2025

काठमाडौंका विभिन्न स्थानबाट जुवातास खेलिरहेका १७ जना पक्राउ

ताजा / भरखरै प्राप्त

प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट १७ जना जुवाडेलाई पक्राउ गरेको छ । बुढानिलकण्ठ नगरपालिका ११ कपनमा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १३ हजार ५ सय रूपैयाँ, १ लाख भारतीय रूपैयाँ, १ हजार १ सय अमेरिकी डलर र ३ बुक ताससहित पक्राउ गरेको हो ।यसैगरी टोखा नगरपालिका १ झोरस्थित एक टहरामा कौडा खेलिरहेको अवस्थामा १६ थान कौडा र नगद ३ लाख २६ हजार रूपैयाँसहित १३ जनालाई शनिबार साँझ पक्राउ गरिएको प्रहरी वृत्त महाराजगंजले जनाएको छ ।

Previous article
Next article
एक हजार दुई सय २३ केजी पटाकासहित तीन जना पक्राउकाठमाडौं, एक हजार दुई सय २३ केजी पटाकासहित ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रौतहट राजदेवी नगरपालिका-१ घर भई हाल काठमाडौं महानगरपालिका-१३ ताहाचल बस्ने ३२ वर्षीय राजु भन्ने दिपक मण्डल, भारत बिहार बेतिया मजौलिया थाना सेनवरिया ग्राम घर भई हाल काठमाडौं महानगरपालिका-१३ ताहाचल बस्ने २८ वर्षीय धर्मेन्द्र साह र सर्लाही चक्रघट्ट गाउँपालिका- ५ घर भई गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बस्ने २८ वर्षीय मुकेश मण्डल रहेका छन् ।काठमाडौं जिल्लामा केही व्यक्तिहरूले गैरकानूनी रूपमा भारतबाट पटाका, भुईचम्पा लगायतका आतिसवाजीजन्य विष्फोटक पदार्थहरू पैठारी गरी ल्याई भण्डारण गरी कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई ६५ वटा बोरामा राखेका उक्त पटाकासहित काठमाण्डौ ताहाचल, मान्टारबाट पक्राउ गरेको हो ।उनीहरूलाई विष्फोटक पदार्थ सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles