मुद्दाको अन्तिम सुनुवाइका लागि न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिए पनि अन्तिममा ‘हेर्न नभ्याइने’ राखेर पन्छाइएको छ । सुनवाइका लागि अर्को पेशी यही भदौ २१ गतेका लागि सारिएको छ । सन्दीपलाई भोलि पाकिस्तान पठाउने तय भएको उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले बताए ।
एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तानमा भदौ १३ गते नेपाल र पाकिस्तानबीच हुँदैछ । त्यसपछि नेपाल–भारतबीच खेल हुनेछ ।
पेशी तोकिएकै कारण उनलाई टीमसँगै पठाइएको थिएन । कप्तान रोहित पौडेल नेतृत्वको राष्ट्रिय टिम मंगलबार नै पाकिस्तान पुगिसकेको छ ।
क्रिकेट
