Saturday, April 19, 2025

दुर्गा प्रसाईं लक्षित ओलीको अभिव्यक्ति: उनमा मानसिक समस्या छ, के बोल्छन् आफैँ थाहा पाउँदैनन्अनन्तराज न्यौपानेविराटनगर। पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईं मानसिक रोगी भएको बताएका छन्।एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको आयोजनामा शुक्रबार साँझ विराटनगरमा भएको छलफल कार्यक्रममा अध्यक्ष ओलीले दुर्गा प्रसाईंको नाम लिएनन् तर प्रसाईंलाई नै लक्षित गर्दै उनी मानसिक रोगी भएको बताए।व्यवसायी प्रसाईं केही समययता मारवाडी समुदायका व्यवसायीलाई विभिन्‍न आरोप लगाउँदै उनीहरूलाई बदनाम गर्ने अभियानमा छन्।‘त्यो उनको जिम्मेवारीपूर्ण बोली होइन, उनले सोचीबिचारी बोलेका पनि होइनन्’, पूर्वका व्यवसायीलाई सम्बोधन गर्दै ओलीले भने, ‘खासमा उनमा मानसिक समस्याको कुरा छ। त्यसैले के-के बोल्छन् के-के! आफैँ थाहा पाउँदैनन्। मलाई पनि व्यक्तिगत गाली कति गरे, तपाईंहरूले सुन्‍नु नै भयो होला।’व्यवसायीलाई अध्यक्ष ओलीको आग्रह थियो, ‘त्यसैले उनले भनेका कुरामा चिन्ता नगरौँ, बरु उनमा सहानुभूति राखौँ। उनको समस्या छिटो ठिक होस् भन्‍ने कामना गरौँ।’उनले जातीय रूपमा प्रसाईंले व्यवसायीलाई गाली गरेको विषय कुनै पार्टीको नीतिअन्तर्गत नपर्ने बताए।ओलीको भनाइ थियो, ‘यो कुनै पार्टीको नीति होइन। उनको पनि नीति होइन। उनमा समस्या छ। त्यसैले बोलेका हुन्।’उनले उद्यमी-व्यवसायीको कुनै जाति नहुने र सबै जातिका नागरिक व्यवसायी हुनसक्ने तर्क राख्तै एक जनाले मारवाडी-मारवाडी-मारवाडी भनेर गाली गर्दैमा केही नहुने धारणा राखे।‘ती एक जना को हुन् भनेर अन्दाज गरिहाल्नुभयो होला, नाम नभनौँ’, ओलीको कथन थियो, ‘युट्युबेले पनि तिनको दुरुपयोग किन गर्छन् थाहा छै ।’ललिता निवास काण्डमा चन्दाको खेलअध्यक्ष ओलीले सरकारले भनेजति चन्दा नदिने व्यवसायीलाई ललिता निवास काण्डमा फसाइरहेको आरोप लगाए।उनले सरकारले ललितानिवास जमिनका मुख्य योजनाकारलाई छाडेर सातौँ लेनदेनपछिका खरिदकर्तामध्ये कतिलाई थुनेर र कतिपयलाई भाग्‍न बाध्य बनाएर दुःख दिइरहेको चर्चा गरे।उनले दोहोर्‍याए, ‘यसमा अरू केही कारण देखिँदैन। व्यवसायीले भनेजति चन्दा दिएनन् कि भन्‍ने छ।’उनले व्यवसायी वा अन्यले राज्यले अधिग्रहण गरेको सम्पत्तिलाई देशको नियमकानुनअनुसार खरिद गरेको जिकिर गरे। उनले यसरी नियमकानुनअनुसार खरिद गर्दा पनि व्यवसायीलाई थुनेर र कसैलाई भाग्‍न बाध्य बनाएर सरकारले अनावश्यक स्टन्ट गरिरहेको टिप्पणी गरे।ओलीले सरकारले योजनाकारलाई उन्मुक्ति दिएर टिप्पणी उठाउने एक निरीह कर्मचारीलाई उसको मानमर्दन हुने गरी गिरफ्तार गरेको भन्दै रोष व्यक्त गरे। उनले प्लेनमा चढिसकेको कर्मचारीलाई सिटबाट तानेर पक्रनु के आवश्यक थियो भन्‍ने प्रश्‍न समेत गरे।मेडिकल व्यवसायी एवै सांसद् सुनिल शर्माको पक्ष लिँदै ओलीले सुनाए, ‘सरकार पहिले व्यवसायीलाई थुन्‍ने अनि मात्र तिनका कुरा सुन्‍ने नीतिमा लागेको छ। मेडिकल कलेज र अस्पतालका एक सञ्‍चालक सांसद पनि छन्, उनले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेछन्। सरकारले भोलिपल्टै बिना पुर्जी पक्राउ गर्‍यो। उनी भागीहाल्ने थिएनन् होला। सरकारको यो भन्दा ठूलो स्वेच्छाचारीपन अर्को के हुन्छ? सरकार कहाँसम्मको र कति आतंककारी रहेछ भन्‍ने कुरा त यसैबाट बुझ्नुपर्छ। अनि हामीले संसद्‍मा सरकार आतंकवादी भयोभन्दा रेकर्डबाट हटाऊ भन्छ। हामी खुलेर भन्‍न सक्छौँ, यथार्थमा यो आतंककारी सरकार नै हो। सरकारको यस्तो अधिनायकवादलाई सबैले भर्त्सना गर्नुपर्दछ।’उनले व्यवसायीलाई सरकारले संरक्षण दिनुपर्नेमा लखेटी-लखेटी आतंकित बनाएको आरोप लगाए। ओलीले राजनीतिकर्मी र व्यवसायी भन्दैमा सबै गलत, भ्रष्ट र जे पायो त्यही गर्ने खालका नभएको जिकिर गरे।ओलीको भनाइ छ, ‘प्रज्ञापनपत्रमा मकै घोषण गरेर सुपाडी ल्याउने व्यवसायी एक जना मात्र थियो। र, त्यसलाई संरक्षण गर्ने नेता पनि एक जना नै थियो। एक व्यवसायी र एक नेताले गरे भन्दैमा सबै गलत हुन्छन् भन्‍ने होइन।’तर वर्तमान सरकारमा संलग्‍न भएकाहरू भने कोही ठिक नभएको उनको विचार छ।उनले अहिलेको सरकार र विशेष गरी अर्थ मन्त्रालयले करका दर र नीतिहरूको निर्माण गर्दा कुनै घरानालाई च्याप्‍ने, कसैलाई उकास्‍ने र कसैलाई थिच्‍ने काम गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे।सरकार अब ५ महिना पनि नचल्नेअध्यक्ष ओलीले प्रचण्ड नेतृत्वको वर्तमान सरकार ५ वर्ष होइन अबका ५ महिना पनि नजाने ठोकुवा गरे।‘यो भ्यागुताको धार्नी पुर्‍याउने खेलबाट बनेको सरकार हो’, उनले भने, ‘भ्यागुताको धार्नी सधैँ पुग्दैन, स्थायी हुँदैन। अलिक दिन धार्नी पुर्‍यायो भ्यागुतो उफ्रिहाल्छ। यसरी यस सरकारको पनि धार्नी पुग्दैन किनकी भ्यागुतो उफ्रिहाल्छ। त्यसैले यो सरकार अबको ५ महिना पनि जाँदैन।’साभार।

ताजा / भरखरै प्राप्त

Previous article
Next article
छाडा चौपायाका कारण सवारी दुर्घटनाको जोखिम बढ्दैभैरहवा । लुम्बिनी प्रदेशमा छाडा चौपायाका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ ।ठूला सहर र राजमार्ग छेउछाउमा छाडा चौपायाका कारण दुर्घटनाको जोखिम बढ्दै गएको हो ।नेपालगञ्ज, कोहलपुर, तुलसीपुर, तौलिहवा, बुटवल, भैरहवा, परासीलगायतका बजारमा छाडा चौपाया नियन्त्रण गर्न सकिएको छैन । बुटवल उपमहानगरको सडक, पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गमा सडकमै लाम लागेका छाडा चौपाया सवारी साधन नै अवरुद्ध हुने गरी बस्ने गरेका छन् ।बुटवलका सडकमा देखिने छाडा चौपाया नियन्त्रण गर्न बजारबासीले पटक -पटक आग्रह गर्दे आएका छन् । नेपालगञ्जमा पनि छाडा चौपायाको समस्या बढ्दै गएको छ ।अन्यत्रका सडकमा छाडा गाईगोरुले दुःख दिने गरे पनि यहाँ गाईगोरुका अतिरिक्त गधा, घोडासमेत सडकमै देखिने गरेको स्थानीयको भनाइ छ । पशु चौपायाका कारण दुर्घटनाको जोखिम बढ्दै गएकाले नियन्त्रण गर्न सबै पालिकाको समन्व आवश्यक रहेको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles