Sunday, June 29, 2025

पाकिस्तानले नेपाललाई दियो जितका लागि ३४३ रनको विशाल लक्ष्य

ताजा / भरखरै प्राप्त

पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा जारी एसिया कपकाे उद्घाटन खेलमा पाकिस्तानले नेपाललाई जितका लागि ३४३ रनको विशाल लक्ष्य दिएको छ ।पहिले टस जितेर ब्याटिङ गरेको पाकिस्तानका तर्फबाट कप्तान बाबर अजाम र इफ्तिखार अहमद चम्किएसँगै जितका लागि नेपालले विशाल लक्ष्य पाएको हो ।
सुरुवाती चरणको खेलमा नेपाललले उत्कृष्ट बलिङ गरे पनि पछि विस्तारै खस्किन पुग्यो । खेलको सुरुवात चरणमा कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएक थिए। त्यसअघि नेपालका करण केसीले पहिलो विकेट लिए।
यस्तै नेपालले तेस्रो विकेटको रुपमा मोहमद रिजवानलाई २३.४ ओभरमा ४४ रनमा रनआउट गर्न सफल भएको थियो । उनलाई दीपेन्द्रसिंह ऐरीले रनआउट गरेका थिए भने चौथो विकेट सन्दीप लामिछानले लिए। सन्दीपले अघा सलमानलाई ५ रनमा कुशल भुर्तेलबाट क्याच गराए।
त्यसपछि नेपालले ४९.४ ओभरमा कप्तान बाबरलाई आउट गर्यो । उनलाई सोमपालले आउट गरे भने अन्तिम बल ४९.५ ओभरमा सोमपालले सदाबलाई आउट गराए । सलमान आउट भएसँगै खेल मैदानमा प्रवेश गरेका इफ्तिखार र बाबरले उत्कृष्ट ब्याटिङ गरेर नेपाललाई जितका लागि विशाल लक्ष्य दिन सफल भए ।

Previous article
Next article
अवैध लागूऔषधसहित चार जना पक्राउकाठमाडौं, बुढानिलकण्ठ नगरपालिका-८ रूद्रमती डेरा गरी बस्ने बाँके नेपालगञ्ज उपमहानगरपालिका-१३ घर भएका २६ वर्षीय विशाल बुढाथोकीलाई अवैध लागूऔषध ब्राउनसुगर १३ ग्राम ५ मिलिग्राम, २ थान मोबाइल र नगद २१ हजार रूपैयाँसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई अवैध लागूऔषध ब्राउनसुगर १ ग्रामसहित बुढानिलकण्ठ नगरपालिका-१० कपन बालुवाखानी मैनाली पुल नजिकबाट पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उनको डेरा कोठाबाट थप १२ ग्राम ५ मिलिग्राम लागूऔषध फेला परेको हो ।बारा, जितपुरसिमरा उपमहानगरपालिका-१ पथलैयाबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ५ सय ग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा कालिकामाई गाउँपालिका-१ भेडियारी बस्ने ३५ वर्षीय लालबाबु आलम र पर्सा वीरगंज महानगरपालिका-१५ लक्ष्मणवा बस्ने ३५ वर्षीय शेख सिकन्दर मिँया रहेका छन् । ईलाका प्रहरी कार्यालय सिमाराबाट खटिएको प्रहरीले ना.५२ प ५१४२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।बाँके, नेपालगंज उपमहानगरपालिका-२ सेतु बिक चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-१ धम्बोझी बस्ने ३२ वर्षीय सेराज खानलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles