Sunday, June 29, 2025

नेकपा एमालेका शीर्ष नेताहरू चढेको बुद्ध एयरको जहाजमा समस्या आएपछि जनकपुरबाट काठमाडौं फिर्ता ल्याइएको छ । नेकपा एमाले नेताहरू चढेको बुद्ध एयरको जहाज जनकपुर विमानस्थल नजिकै पुगेर फेरि काठमाडौं फिर्ता भएको हो ।

ताजा / भरखरै प्राप्त

सिरहामा हुने सचिवालय बैठकमा सहभागी हुन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवास नेम्वाङ, युवराज ज्ञवाली, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, नेता अमृत बोहोरा लगायतका नेता बोकेको बुद्ध एयरको विमानमा समस्या आएपछि जनकपुरबाट फिर्ता गरिएको हो ।

जनकपुर जाँदै गरेको जहाजको अटो पाइलट सिस्टममा समस्या आएपछि काठमाडौं फिर्ता ल्याइएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । उक्त जहाजमा एमालेका शीर्ष नेताहरू चढेका थिए । एमालेको आजदेखि सिरहामा सचिवालय बैठक बस्दैछ । सोही बैठकमा सहभागी हुन उनीहरू जनकपुर हिँडेका थिए । जनकपुर पुग्ने बेलामा समस्या आएकाले ओर्लन नसक्ने भन्दै काठमाडौं ल्याइएको थियो ।

तर जनकपुर विमानस्थलमाथिको आकाशमा पुगेपछि परिचारिकाले केही प्राविधिक समस्याका कारण जनकपुर ओर्लन नसक्ने जानकारी गराएकी थिइन् । त्यसपछि जहाज काठमाडौं फिर्ता भएको एमाले उपाध्यक्ष नेम्वाङले बताए । बुधबार सिरहामा एमालेको सचिवालय समितिको बैठक बस्दैछ ।


spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles