Tuesday, October 22, 2024

आईसीसी महिला ट्वान्टी–२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध पाँच रनको जित निकालेको छ । मलेसियालाई पाँच रनले पराजित गर्दै नेपालले प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

ताजा / भरखरै प्राप्त

बिहीबार मलेसियाको बायुमस स्पोर्ट्स एन्ड इभेट कम्प्लेक्समा भएको खेलमा नेपालले प्रस्तुत गरेको ८५ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ७९ रन मात्र बनाउन सक्यो ।

मलेसियाकी कप्तान विनिफ्रेड दुराइसिंघमले २८ रन बनाए पनि टिमको हार टार्न सकिनन् । एइना हमिजाह हासिमले १४ र मास एलिसाले १० रन जोडिन् । अरू ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालकी कविता कुँवर र कविता जोशीले समान दुई विकेट लिए । कप्तान रुविना क्षेत्री र अस्मिना कर्मचार्यले एक÷एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर ८४ रन बनाएको थियो । नेपालकी सीता रानामगरले ३८ रन जोडिन् । अप्सरी बेगम १७ र कप्तान रुविनाले १२ रन बनाए । नेपालकी ओपनर काजल श्रेष्ठ, सम्झना खड्का र इन्दु वर्मा भने ‘गोल्डेन डक’ भएका थिए ।

मलेसियाकी एइना हमिजाह हासिमले दुई विकेट लिइन् । महिराह इजाती इस्माइल, आइसा एलिसा र निक नुर अतिएलाले समान एक विकेट लिए । जितसँगै दुई अंक जोडेको नेपाल समूह ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ । यो समूहमा नेपालसँगै भुटान, मलेसिया, कतार, बहराइन र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् ।

बायोमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रन बनाएको थियो । नेपालका लागि सीता रानामगरले ५४ बलमा उक चौकासहित सर्वाधिक ३८ रनमा अविजित रहिन् ।

सुरुवाती तीन बलमै तीन विकेट गुमाउँदै निकै खराब सुरुआत गरेको अवस्थाबाट सीताले परिपक्क प्रदर्शन गर्दै नेपालको साख जोगाएकी हुन् ।छैटौं विकेटका लागि सीता र अप्सरी बेगमले ५१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । अप्सरी बेगम ३८ बलमा एक चौकासहित १७ रनमा आउट भइन् ।

पहिलो बलमै ओपनर काजोल श्रेष्ठ ऐना हामिजाहको बलमा मास एलिसाबाट क्याच आउट भइन् । लगत्तै अर्को बलमा सम्झना खड्का बोल्ड आउट हुन पुगेकी थिइन् । तेस्रो बलमा इन्दु बर्मा रन आउट हुन पुगेकी थिइन् । चौथो ओभरको पहिलो बलमा महिराह इजाती इस्मालले पुजा महतोलाई ५ रनमा बोल्ड आउट गरिन् ।

कप्तान रुविना क्षेत्री बेलबासे १३ बलमा दुई चौकासहित १२ रनमा आउट भइन् । मलेसियाकी ऐना हामिजा ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर दुई विकेट लिइन् । महिराह इजाती, ऐश्या एलिसा र निक नुरले एक एक विकेट लिए ।नेपालले दोस्रो खेल शुक्रबार बहराइनसँग खेल्नेछ ।

विश्वकप क्रिकेट

Previous article
❤️जनैपूणिर्मा ❤️को हार्दिक❤️ ????शुभकामना????????good ????moorning ????खेलमा एउटा पराजित नभए सम्म अर्को जित्दैन, हार जित नियमित प्रक्रिया हो,एउटाहारे मात्र, अर्को जित छ ,हामीले आतनु भएन, गेम खेल्न पाकिस्तान गएको हाम्रो टिम प्रती पाकिस्तानले दिएको सम्मान पनि हाम्रो लागी जित भन्दा कम छैन, झन त्यहाँ दर्शक बाट पनि उतिकै माया प्राप्त गरि हाम्रो टिम पाकिस्तानी समर्थ को पनि मन मस्तिष्क बस्न सफल भएको छ, यो पनि हाम्रो उपलब्धि नै हो, हिजो को खेलबाट सिखेको कुराहरु व्यहवारमा उतार्दै अगाडिको खेलमा उत्कृष्ट प्रदर्शन गर्नु हुने छन् भन्ने हाम्रो विश्वास सहित भारत संगको प्रतिस्पर्धाको लागी शुभकामना व्यक्त गर्दछु, ????????????हाम्रो नेपाल हाम्राे गौरव ???????? ????????जय नेपाल????????
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles