बिहीबार मलेसियाको बायुमस स्पोर्ट्स एन्ड इभेट कम्प्लेक्समा भएको खेलमा नेपालले प्रस्तुत गरेको ८५ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ७९ रन मात्र बनाउन सक्यो ।
मलेसियाकी कप्तान विनिफ्रेड दुराइसिंघमले २८ रन बनाए पनि टिमको हार टार्न सकिनन् । एइना हमिजाह हासिमले १४ र मास एलिसाले १० रन जोडिन् । अरू ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालकी कविता कुँवर र कविता जोशीले समान दुई विकेट लिए । कप्तान रुविना क्षेत्री र अस्मिना कर्मचार्यले एक÷एक विकेट लिए ।
त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर ८४ रन बनाएको थियो । नेपालकी सीता रानामगरले ३८ रन जोडिन् । अप्सरी बेगम १७ र कप्तान रुविनाले १२ रन बनाए । नेपालकी ओपनर काजल श्रेष्ठ, सम्झना खड्का र इन्दु वर्मा भने ‘गोल्डेन डक’ भएका थिए ।
मलेसियाकी एइना हमिजाह हासिमले दुई विकेट लिइन् । महिराह इजाती इस्माइल, आइसा एलिसा र निक नुर अतिएलाले समान एक विकेट लिए । जितसँगै दुई अंक जोडेको नेपाल समूह ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ । यो समूहमा नेपालसँगै भुटान, मलेसिया, कतार, बहराइन र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् ।
बायोमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रन बनाएको थियो । नेपालका लागि सीता रानामगरले ५४ बलमा उक चौकासहित सर्वाधिक ३८ रनमा अविजित रहिन् ।
सुरुवाती तीन बलमै तीन विकेट गुमाउँदै निकै खराब सुरुआत गरेको अवस्थाबाट सीताले परिपक्क प्रदर्शन गर्दै नेपालको साख जोगाएकी हुन् ।छैटौं विकेटका लागि सीता र अप्सरी बेगमले ५१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । अप्सरी बेगम ३८ बलमा एक चौकासहित १७ रनमा आउट भइन् ।
पहिलो बलमै ओपनर काजोल श्रेष्ठ ऐना हामिजाहको बलमा मास एलिसाबाट क्याच आउट भइन् । लगत्तै अर्को बलमा सम्झना खड्का बोल्ड आउट हुन पुगेकी थिइन् । तेस्रो बलमा इन्दु बर्मा रन आउट हुन पुगेकी थिइन् । चौथो ओभरको पहिलो बलमा महिराह इजाती इस्मालले पुजा महतोलाई ५ रनमा बोल्ड आउट गरिन् ।
कप्तान रुविना क्षेत्री बेलबासे १३ बलमा दुई चौकासहित १२ रनमा आउट भइन् । मलेसियाकी ऐना हामिजा ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर दुई विकेट लिइन् । महिराह इजाती, ऐश्या एलिसा र निक नुरले एक एक विकेट लिए ।नेपालले दोस्रो खेल शुक्रबार बहराइनसँग खेल्नेछ ।
विश्वकप क्रिकेट