एसिया कप : भारतले पाकिस्तानलाई दियो २६७ रनको लक्ष्यएसिया कपअन्तर्गतको जारी खेलमा भारतले पाकिस्तानसामु २६७ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । श्रीलंकाको पाल्केले स्टेडियममा भइरहेको खेलमा पाकिस्तानले भारतलाई ४८ दशमलव ५ ओभरमा अलआउट गरेको हो ।टस जितेर पहिला ब्याटिङ रोजेको भारतका सुरुवाती क्रमका ब्याटरलाई पाकिस्तानी बलरले सस्तैमा मैदानबाट बिदा गरे । हार्दिक पाण्डयेले ९० बलमा ७ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ८७ रन प्रहार गरे ।आश गरेका ब्याटर मैदानबाट बाहिरिएपछि दबाबमा गएको खेललाई इशान किशान र पाण्डेयले खेललाई लयमा फर्काए । किशानले भने ८१ बलमा ९ चौकार १ छक्काको सहयोगमा ८२ रन जोडे । ओपनर तथा कप्तान रोहित शर्मा, अर्का ओपनर सुभम गिल, विराट कोल्ही र श्रीयस लयर जस्ता सुरुवाती क्रमका ब्याटरसाथै अन्यको प्रदर्शनले आज सम्झन लायक बनेन ।पाकिस्तानका लागि शहिन अफ्रिदीले सर्वाधिक ४ विकेट लिए । नसेम शाहले र हरिस रौफले समान ३-३ विकेट लिए ।