Monday, April 21, 2025

पेप्सीकोलामा बसले तीनवटा सवारीसाधनलाई ठक्कर दिँदा एकजनाको मृत्यु, पाँच घाइते

ताजा / भरखरै प्राप्त

काठमाडौंको पेप्सीकोलामा बसले तीनवटा सवारीसाधनलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा पाँच जना घाइते भएका छन् ।पेप्सीकोलाबाट जडिबुटीतर्फ जाँदै गरेको बसले जिप‚ मोटरसाइकल र स्कुटरलाई एकैपटक ठक्कर दिएको प्रहरीले जनाएको छ ।दुर्घटनामा मोटरसाइकल चालक सर्लाहीका २१ वर्षीय राज भट्टराईको मृत्यु भएको प्रहरी वरिष्ठ नायब निरीक्षक टंकप्रसाद शिवाकोटीले जानकारी दिए । उनका अनुसार भट्टराईको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अन्य घाइतेहरुलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।बा ३ ख ४८४८ नम्बरको बसले आज बिहान पौने आठ बजेको समयमा बा ६ च ५३४२ नम्बरको बोलेरो जिप‚ बाप्र ०२-०४१ प ४८३८ नम्बरको मोटरसाइकल र बाप्र ०२-०३७ प ५३११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

Previous article
भुटानमाथि नेपालको संघर्षपूर्ण जितनेपालले आईसीसी वुमेन्स ट्वान्टी–२० विश्वकप छनोटमा आइतबार भुटानलाई हराउन संघर्ष गर्नु पर्‍यो । लगातार तेस्रो जितका लागि नेपालले भुटानलाई तीन विकेटले पराजित गरेको हो ।जितका लागि ४० रनको लक्ष्य पाएको नेपालले १३.२ ओभरमा सात विकेट गुमाएर ४१ रन बनायो । यो जितले नेपालको सेमिफाइनल पुग्ने सम्भावना भने बलियो भएको छ । नेपालको छ अंक भएको छ । यसअघि नेपालले मलेसिया र बहराइनलाई पनि हराएको थियो ।मलेसियाको यूकेएम–वाईएसडी ओभल मैदानमा नेपालका लागि कप्तान रुबिना क्षेत्रीले १२ रन बनाइन् र नटआउट रहिन् । उनले एक चौका प्रहार गरिन् । नेपालले १६ रन बनाउँदासम्म पाँच विकेट गुमाइसकेको थियो । कविता कुँवर, अस्मिता कर्माचार्य, इन्दु बर्मा र सम्झना खड्का शून्यमा आउट भए । टस हारेर पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा आठ विकेट गुमाएर ३९ रन बनाएको थियो । त्यसमा कप्तान डिचेन वाङ्गमोले २१ रन बनाइन् र यो नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो ।डिचेनलले ४४ बलको सामना गर्दै एक चौका पनि प्रहार गरिन् । उनी बाहेक अरू बाटर कोहीले पनि दोहोरो अंक छुन सकेनन् । नेपाली बलरमध्ये पूजा महतोले तीन तथा कविता कुँवर, खुसी डंगोल र कप्तान रुबिना क्षेत्रीले एक एक विकेट लिए ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles