Saturday, April 19, 2025

काठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको निरीक्षण पश्चात निर्देशन सम्बोधन गर्नुहुँदै प्र.म.नि.बसन्त बहादुर कुँवर

ताजा / भरखरै प्राप्त

Previous article
Next article
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाहनेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित जनसरोकारका विषयहरूको तथ्याङ्क, विवरण, अन्तर्वार्ता र अन्य गतिविधि सम्प्रेषण गर्नुभएको छ ।सो अवधिमा उहाँले अनलाइन मिडिया ४० वटा, पत्रपत्रिका २३ वटा, टेलिभिजन १५ वटा, सर्वसाधारण ३ जना, पूर्व प्रहरी कर्मचारी २ जना, संस्था/अनुसन्धानकर्ता/रेडियो/मनोविद/गृहमन्त्रालय/विद्यार्थी समेत गरी ७ जना, स्टुडियोमा अन्तर्वार्ता ३ वटा र अन्य ६ गरी जम्मा ९९ जना व्यक्ति र संस्थालाई गतिविधि सम्प्रेषण गर्नुभएको हो ।सम्प्रेषण गरिएका विषयहरूमा नक्कली शैक्षिक प्रमाणपत्रमा पक्राउ परेकाहरूको विवरण, अपहरण तथा अवैध हातहतियार, कारागारमा रहेका विदेशी नागरिकहरूको विवरण, समग्र अपराध तथ्याङ्क, लागूऔषध, साईबर क्राइम, बैंकिङ कसूर, जबरजस्ती करणी तथा जबरजस्ती करणी उद्योग, वैवाहिक जबरजस्ती करणी, महिला हिंसा, सार्वजनिक सवारीमा महिलामाथि भएको हिंसा, लैंगिक हिंसा, जातीय छुवाछुत, मानव वेचविखन, अवैध विदेशी मुद्रा, अवैध सुन बरामद, उत्कृष्ट काम गरी पुरस्कार प्राप्त गर्ने प्रहरी कर्मचारीहरूको विवरण, प्रहरी कल्याण कोषमा कल्याणकारी कार्य र नेपाल प्रहरीले बरामद गरेका हतियार नष्टको विवरण छन् । यसैगरी विषालु पदार्थ सेवनबाट भएको मृत्यु तथा घाइते, सवारी दुर्घटना, सर्पले टोकेर भएको मृत्यु तथा घाइते, मनसुन जन्य घटना तथा विपद् व्यवस्थापन, डुबी मृत्यु भएकाहरूको तथ्याङ्क, मोबाइल चोरी, आत्महत्या, हिरासतमा भएको मृत्यु तथा थुनुवा फरार, अवैध मदिरा, विदेशी नागरिक पक्राउ, पाकेटमार, बोक्सीको आरोपमा पक्राउ परेकाहरूको तथ्याङ्क तथा विवरण लगायत रहेका छन् ।नेपालको संविधान २०७२ को सूचनाको हक, सूचनाको हक सम्बन्धी ऐन २०६४ तथा सूचनाको हक सम्बन्धी नियमावली २०६५, नेपाल प्रहरीको संचारमाध्यम (मिडिया) सम्बन्धी नीति २०६० ले सार्वजनिक चासो र नागरिकसँग सरोकार राख्ने विषयसँग सम्बन्धित सूचना प्रवाह गर्न प्रत्येक सार्वजनिक निकायमा अनिवार्य रूपमा प्रवक्ता/सूचना अधिकारीलाई मिडियासँग समन्वय गर्ने व्यवस्था अनुरूप आम नागरिकको सूचनाको हकको सम्मान गर्दै संगठनको नीति अनुरूप प्रहरी नायव महानिरीक्षक कडायतले विगतमा जस्तै साउन महिनामा पनि प्रहरी कारवाही, शान्ति सुरक्षा तथा अपराध अनुसन्धान लगायतका सार्वजनिक सरोकारका विषयहरूमा जानकारी उपलब्ध गराउनु भएको हो ।साथै नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी प्रवक्ताको सचिवालय मातहत रहेको केन्द्रीय प्रहरी समाचार कक्ष मार्फत दैनिक दुई पटक समाचारसँग सम्बन्धित तस्बिरसहितको ‘दैनिक समाचार बुलेटिन’, श्रव्यदृश्य शाखाबाट पाक्षिक रूपमा ‘प्रहरी अनुरोध कार्यक्रम’ र जनसम्पर्क शाखाबाट हप्तामा दुई पटक ‘प्रहरी रेडियो कार्यक्रम’ तथा ‘प्रहरी द्वैमासिक’ मार्फत सूचना सम्प्रेषण हुँदै आएको छ !साभार।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles