Sunday, April 20, 2025

अवैध लागूऔषधसहित चार जना पक्राउ:कैलाली, गोदावरी नगरपालिका-१ भरतपुर बस्ने २२ वर्षीय नरेश चौधरी र धनगढीउ उपमहानगरपालिका-११ बस्ने २७ वर्षीय अर्जुन चौधरीलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब २ सय मिलिग्रामसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा नरेशको कोठाबाट थप ५ सय ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी प्रहरीले बरामद गरेको छ ।यसैगरी कैलाली, लम्कीचुहा नगरपालका-१ टिकापुर रोडबाट अवैध लागूऔषध खैरो हेरोइन २ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने ४७ वर्षीय सुरेश शाही समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

ताजा / भरखरै प्राप्त

Previous article
वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गर्ने एक पक्राउसर्लाही — वैदेशिक रोजगारीको प्रलोभन देखाइ विभिन्न व्यक्तिबाट रकम ठगेको आरोपमा सर्लाही प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सर्लाहीको हरिवन नगरपालिका–११ का ४० वर्षीय मिनबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका कार्कीले जिल्लाका विभिन्न स्थानका १३ जनालाई विभिन्न देशमा पठाइदिने भनेर ८७ लाख नगद उठाएका छन् । कार्कीविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी परेपछि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका कार्कीलाई आवश्यक कारबाहीका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ ।यस आर्थिक वर्षमा वैदेशिक रोजगारीमा ठगी, साइबर क्राइम तथा बैंकिङ कसुर आरोप लागेको १२ जनालाई काठमाडौं पठाइसकिएको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles