एमाले निकट सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उन लसरकारले भन्ने गरेको भ्रष्टाचार र अनियमितताविरुद्धको कारबाहीलाई दलाल पुँजीपतिको फण्डा र तमासा भएको जिकिर गरे । सरकारले राष्ट्रिय उद्योगपतिलाई छानीछानी लखेटेको आरोप लगाए ।
ओलीले सरकारले राष्ट्रिय उद्यमीहरुलाई छानीछानी कारबाही गरेको आरोप लगाए । उनले ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालकलाई अनाहकमा पक्राउ गरेर दुःख दिएको टिप्पणी गरे ।
मीनबहादुर गुरुङलाई किन समातेको, किन कारबाही गरेको भन्दै उनले ५÷६ जनाले किनिसकेको जमिनको धनीपूर्जा भएको मान्छेसँग किन्यो यस्तो गरेको भन्दै प्रश्न गरे । उनले भने, ‘त्यो मीनबहादुर गुरुङलाई किन समात्या ? किन कारबाही गया, पाँचछ जनाले किनेको जमिन, उसले त धनीपुर्जा हेयो, भएका मान्छेसँग किन्यो । जग्गा किनेका मान्छेलाई कारबाही गर्ने ? मीनबहादुर गुरुङ सबै तिनीहरु बाँडेर खाउँ भनेर छाडेर हिँड्यो ? होइन त्यो कतातिर भारी बोकेर हिँड्ने गुरुङ, यत्रो भाटभटेनी चलाएर पुँजीपति हुने भनेर देखी सकेनन् ।’
यती होल्डिङ्सलाई खेद्नेहरु दलाल पूँजीवादीहरु भएको उनले टिप्पणी गरे । ओलीले भने, ‘सोलुको एउटा बच्चा भारी बोकेर हिँड्थ्यो त्यस्तो शेर्पाले यहाँ आएर हवाईजहाज पनि उडाको छ । पर्यटन, होटल पनि चलाएको छ । गर्न पाइन्छ भारी बोकेर हिँड्ने शेर्पाले ? अहिले माओवादीहरु गायत्री मन्त्र जप्दैनन्, ओम्नी ओम्नी, यती यती, भाटभटेनी भाटभटेनी, मीनबहादुर मीनबहादुर, गुरुङको छोरो भारी बोकेर आएको कसरी गरिखायो ? खान दिनु हुँदैनमात्रै भन्छन्
