Tuesday, October 22, 2024

धरानका उपमेयरको घरमा तोडफोड

ताजा / भरखरै प्राप्त

धरान उपमहानगरपालिका उपमेयर अइन्द्रविक्रम बेघाको घर अज्ञात समूहले तोडफोड गरेका छन्।
धरान –१५ खिरिया बस्तीमा बेघाको घर छ।
तोडफोडबाट बेघाको घरको झ्यालको सिसा फुटेको स्थानीयले बताएका छन्। उपमेयर बेघाको कान्छा भाइ विष्णुलाई आक्रमण गर्न आएको अराजक समूहले घर तोडफोड गरेको बताइएको छ।
घर तोडफोड गर्न थालेपछि तत्काल प्रहरीलाई खबर गर्दासमेत प्रहरी नपुगेको उपमेयर बेघाले बताएका छन्।
उनले घटना हुनेबित्तिकै बोलाउँदा समेत प्रहरी नआउनुले धरानको शान्ति-सुरक्षामा प्रश्न उठेको भन्दै आक्रोश व्यक्त गरेका छन्।
सुनसरीका प्रहरी प्रमुख एसपी विपीन गौतमले उपमेयरको घर तोडफोड गर्ने समूहको खोजी गर्न प्रहरी परिचालन गरिएको बताए।

Previous article
पर्सा जिल्लाभर र वीरगंजका एक दर्जन फर्ममा राजस्व अनुसन्धान विभागको छापा,लुज बिल दिएको आशंकावीरगंज। राजस्व अनुसन्धान विभाग काठमाडौंको टोलीले वीरगंजका करिब एक दर्जन फर्महरुमा छापा मारेको छ। विभागका सूचना अधिकारी नवराज अधिकारी नेतृत्वको टोलीले गत मंगलबारदेखि शुक्रबारसम्म एक दर्जनभन्दा बढी पसलमा छापा मारेको हो।टोलीले खाता, कम्प्युटरको हार्डडिस्क लगायत लिएर गएको छ। हार्डवेयर एसोसिएसन वीरगंज पर्साका सचिव अनिल सर्राफका अनुसार विभिन्‍न फर्ममा अनुगमनको नाममा कागजात एवं कम्प्युटरको डेटा लगेको हो।अनुगमन टोलीले वीरगंजको लिंकरोडस्थित निधि हार्डवेयर, जीटीसी टायल्स, बाइपासरोडको ओम हार्डवेयर, अनिल हार्डवेयर, जय माता दी आइरन, आनन्द हार्डवेयरमा छापा मारेको थियो।विभागका महानिर्देशक नवराज ढुंगानाले काठमाडौंमा नियन्त्रणमा लिएको ट्रकको संचालकको बयानका आधारमा अनुगमन गरेको बताए।उनका अनुसार वीरगंजका केही फर्मले लुज बिल दिएको जानकारी आएपछि अनुसन्धान अगाडि बढाइएको हो। वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले आर्थिक मन्दीले मारका परेका उद्योगी व्यवसायीलाई अनावश्यक रुपमा राजस्वले दु:ख दिन थालेको बताए।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles