Tuesday, October 21, 2025

धरानका उपप्रमुखको घरमा हतियारधारी समूहद्वारा आक्रमण, कान्छा भाईमाथि खुकुरी प्रहार

ताजा / भरखरै प्राप्त

धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाको घरमा पसेर हतियारधारी समूहले आक्रमण गरेको छ ।हतियारसहित घरमा पसेका समूहले खुकरी प्रहार गर्दा उपप्रमुख बेघाका कान्छा भाइ विष्णु बेघाको देब्रे गालामा चोट लागेको छ ।
धरान इलाका प्रहरी कार्यालयका डीएसपी नवराज मल्लका अनुसार खुकुरी प्रहार गर्ने समूहको खोजी कार्य भइरहेको छ । धरान १५ स्थित खोरिया बस्तीका अराजक युवाहरूले आक्रमण गरेको स्थानीयले बताएका छन्।हतियारधारी समूहले घरमा आक्रमण गरेको खबर पाएपछि उपप्रमुख बेघाले प्रहरीलाई फोन गरेर बोलाएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles