विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्र रानीबाट प्रहरीले ४० किलोग्राम गाँजा बरामद गरेको छ ।मंगलबार राति ४० किलो लागुऔषध गाँजा बरामद गरेको हो ।
विराटनगर महानगरपालिका-१४ स्थित आईसीपी सडकखण्डबाट राति १०:१० बजे को१७प ८६३ नम्बरको मोटरसाइकलमा गाँजा फेला पारेको हो ।प्रहरीलाई देख्नासाथ मोटरसाइकल छाडेर चालक फरार भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।
