Wednesday, March 19, 2025

आज राष्ट्रिय बाल दिवस मनाइँदै, बाल अधिकारको संरक्षण नारामै सीमित। आज राष्ट्रिय बाल दिवस । बालबालिकामा लगानी-सुरक्षित भविष्यको थालनी भन्ने नाराका साथ आज विभिन्न कार्यक्रम गरी बाल दिवस मनाइँदै छ ।नेपालमा २०२१ साल भदौ ४ गतेदेखि बाल दिवस मनाउन थालिएको हो । लोकतन्त्र स्थापना अघिसम्म बाल दिवसको थालनी गरेकी तत्कालीन बडामहारानी रत्नको जन्मदिनमा मनाउने प्रचलन थियो ।पछि गणतन्त्र कार्यान्वयनमा आएपछि भने नेपालले बाल अधिकार महासन्धी अनुमोदन गरेको मितिको स्मरणमा हरेक वर्ष भदौ २९ मा बाल दिवस मनाउने गरिएको छ । तर बालबालिकाको विकास, सहभागिता र बाल अधिकार संरक्षण कागज र नारामै सीमित छ ।उचित स्याहार सुसार, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत बाल अधिकार पनि बालबालिकाले पाउन सकेका छैनन् ।बाल अधिकार हनन हुन नदिने तीनै तहका सरकारका योजना कार्यान्वयन नहुँदा बालश्रम कायमै छ । सडक बालबालिकाको उद्धार र पुनर्स्थापना पनि कागजमै सीमित छ ।

ताजा / भरखरै प्राप्त

Previous article
डाक्टरमाथि कुटपिटको आरोपमा २ जना पक्राउडाक्टरमाथि कुटपिट गरेको आरोपमा प्रहरीले बिहीबार दुई जनालाई पक्राउ गरेको छ ।हेटौंडा उपमहानथरपालिका–१ सञ्चो हस्पिटलका डाक्टरहरु विकास थापा र प्रशान्त बिडारीमाथि आक्रमणको विरोधमा हेटौंडा.–१२ का रमा प्रधान र रमिता प्रधान पक्राउ परेका हुन् ।उनीहरु उपचारका लागि अस्पताल ल्याइएका राजेश प्रधानका श्रीमती र छोरी हुन् । मकवानपुरका प्रहरी प्रमुख सीताराम रिजालले भने, ‘अहिलेसम्म चिकित्सकहरुले जाहेरी दिएका छैनन्, घटनाको आधारमा राजेश प्रधानका श्रीमती र छोरीलाई पक्राउ गरिएको हो ।’एक महिनाअघि डेंगु सङ्क्रमित हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै बुधबार डाक्टरमाथि आक्रमण भएको थियो ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles