Saturday, March 15, 2025

दर खाँदै सामाजिक काममा सक्रिय देव आदर्श र दक्षिणकाली सहकारी

ताजा / भरखरै प्राप्त

भरतपुर÷भरतपुर ६ गितानगर स्थित श्री देव आदर्श बचत तथा ऋण सहकारी सस्था लि. र श्री दक्षिणकाली पर्यटन सहकारी सस्था लि.को संयुक्त आयोजनामा तिज विशेष दरखाने कार्यक्रम सम्पन्न भएको छ । देव आदर्श बचत तथा ऋण सहकारी सस्था लि.का अध्यक्ष ध्रुवराज मिश्र र दक्षिणकाली पर्यटन सहकारी सस्था लि.का अध्यक्ष राज कुमार श्रेष्ठको संयुक्त अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । तिज विशेष कार्यक्रम अन्तरगत भरतपुर ११ स्थित साहाराको घरमा आश्रित बालिकाहरुलाई दर खुवाईएको थियो । यसपालिको दर साहाराका नानीहरुको घर भन्ने मुल नाराका साथ आयोजित उक्त कार्यक्रममा संविधासभा सदस्य विष्णुमायाँ परियार प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष विद्या कोइराला विशेष अतिथी रहनु भएको थियो ।

दक्षिणकाली पर्यटन सहकारीका उपाध्यक्ष कृष्णहरी ढकालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा साहाराको घरकी संचालक कुसुम तिवारीले सस्थाको वारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रम देव आदर्श बचत तथा ऋण सहकारी संस्थाका सचिव महेन्द्र कोइराला र दक्षिणकाली पर्यटन सहकारी संस्थाका सचिव गजेन्द्र पोखरेलले संचालन गर्नु भएको थियो । अतिथिहरुमा पुर्व वडा सदस्य आइतिमायाँ रानामगर, अरुणोदय कलेजका अध्यक्ष रमेश कोईराला, कालिका टोल विकास संस्थाका अध्यक्ष मुक्तिराम अधिकारी, सिद्देश्वर आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु बहादुर भुजेल, सिद्देश्वर टोल विकासका अध्यक्ष सुर्य प्रसाद शर्मा, ग्लोवल आईएमई बैकका शाखा प्रवन्धक देवेन्द्र राज अधिकारी, दक्षिणकाली पर्यटन सहकारीका सस्थापक उपाध्यक्ष दिपेन्द्रराज पौडेल, नेपाली काँग्रेस भरतपुर ६ का उपसभापति तिर्थराज न्यौपाने, नेपाल रेडक्रस सोसाईटी गितानगर उपशाखाका सदस्य प्रकाश लामिछाने, यमतिल सीता स्मृति प्रतिष्ठानकी अध्यक्ष एवं मिर्मिरे लघुवित्त वित्तीय सस्थाकी शाखा प्रवन्धक सरस्वती तिवारी, देव आदर्श बचत तथा ऋण सहकारी सस्थाकी व्यवस्थापक लक्ष्मि भुजेल सिम्खडालगायत रहनु भएको थियो ।

यसैगरी सोहि अवसरमा साहाराको घरकी संचालिका कुसुम तिवारीले साहाराको घरमा आश्रित नानीहरुको लागि आफ्नै आवास योजना अन्तरगत प्रति सदस्य दुई हजर पाँच सय रुपैयाका दरले ५ हजार जना आवास सहयोगी सदस्य बनाउने योजनाको वारेमा जानकारी गराउनु भएको थियो । सोहि योजनालाई सफल पार्न यमतिल सीता स्मृति प्रतिष्ठानका संरक्षक ध्रुवराज मिश्रले प्रतिष्ठानका सदस्य आशुतोष मिश्रको भाद्र २९ गते परेको जन्मदिनको अवसरमा सदा झैं यस पटक पनि साहाराका नानिको घर निर्माण अभियानलाई आर्थिक सहयोग स्वरुप ७ हजार ५०० रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेको छ । सोहि अभियानको लागि विद्या कोइरालाले दुई हजार ५ सय, मुक्तिराम अधिकारिले परिवार संख्या गनेर परिवारका ७ जनाको १७ हजार ५ सय, विण्णुमाया परियारले दुई हजार ५ सय, दक्षिणकाली पर्यटन सहकारीका संचालक तुलमाया सुनार ३ हजार, आईतिमाया रानामगरले ५ हजार रुपैंया आर्थिक सहयोग गर्नु भएको छ ।

दर खाएर फजुल खर्च गर्ने परिपाटीले समाजमा चाडपर्वमा विकृति फैलिएको भनेर जनगुनासो आईरहेका बेला दर खादा पनि सामाजिक सेवा गर्न सकिन्छ भन्ने भावना समाजमा प्रस्तुत गर्नका लागि यस कार्यक्रमको आयोजना गरिएको र दर खाएर पनि समाज विकास गर्न सकिन्छ भन्ने उदाहारण यो कार्यक्रम रहेको कुरा देव आदर्श बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ध्रुवराज मिश्रले वताउनु भयो ।

Previous article
आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्न स्वास्थ्य मन्त्रालयले बनायो समिति ,! , देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरी आन्दोलनमा उत्रिएका चिकित्सकहरूसँग वार्ता गर्न स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले समिति गठन गरेको छ।अतिरिक्त स्वास्थ्य सचिव विकास देवकोटाको नेतृत्वमा वार्ता समिति गठन गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। वार्ता समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृह मन्त्रालय, कानुन मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सहसचिव रहने छन्।स्वास्थ्य मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमले पाँच सदस्यीय वार्ता समिति गठन गरिएको बताए। समितिले आन्दोलनरत नेपाल चिकित्सक संघलाई वार्तामा समेत बोलाइसकेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वार्ता समिति गठन गरी आन्दोलनरत पक्षसँग वार्ता गर्न निर्देशन दिएका थिए।
Next article
कसैलाई काखा पाखा नगर्ने : सांसद किसान श्रेष्ठबारा । पूर्व मन्त्री तथा बारा ४ का सङ्घीय सांसद किसान श्रेष्ठले आफू बारा ४ नं क्षेत्रका सबै जनताको साझा जनप्रतिनिधि भएकोले कसैलाई काखा पाखा नगर्ने बताएका छन् । साना किसान कृषि सहकारी संस्था सिमराको नवौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन कार्यक्रममा बोल्दै सङ्घीय सांसद श्रेष्ठले मङ्सिर ४ अघि तत्कालीन वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट कलम चिन्ह लिएर उम्मेदवार भए पनि मङ्सिर ४ पछि सबैको साझा जनप्रतिनिधि भएको बताएका छन् ।‘मङ्सिर ४ गते पछि म बारा ४ नं क्षेत्रको सबै जनताको साझा जनप्रतिनिधि हुँ, कसैलाई काखा पाखा गर्ने यो टोल बाट मलाई भोट आयो यो सहकारीबाट भोट आएन भनेर पक्षपात गर्दिन’ सङ्घीय सांसद श्रेष्ठले भने ‘जनताको माया, भरोसा विश्वासलाई टुट्न नदिने गरी काम गर्ने प्रतिबद्धता जनाउँदछु’
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles