सशस्त्र प्रहरी बलका तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को सरूवा भएको छ ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीका तीन जना एआइजीको सरुवा गरेको हो ।सरुवा हुनेमा चन्द्रप्रकाश गौतम, बंशी दाहाल र नारायण दत्त पौडेल रहेका छन् । गौतमलाई मानव स्रोत, दाहाललाई कार्य विभाग र पौडेललाई सीमा विभागमा सरुवा गरेको गरिएको छ ।

