सशस्त्र प्रहरी गुल्म सवैठवाका प्रमुख डिएसी केशवराज ओलियाको मातहतमापर्ने भिस्वा, बुडगाई, मिर्जापुरबाट भैंसी, धान, गहुँ, खुखुराको चल्ला, माछा, किराना, काजु, सुपारी , कस्मेटिक, बिदेशी नुन नमक, गुड मिठा, लाताकपडा लगायतको ठूलो परिमाणमा तस्करी भइरहेको छ ।
प्रसाैवनिभाठा र धोरे नाका हुँदै रातीको समयमा ठूलो परिमाणमा भैसी र रंगाको तस्करी गराउँन सहयोग भएका छन् । यसबाट…लाई मोटो रकमको अबैध आम्दनी भइरहेको श्रोतको दावी छ । श्रोतका अनुसार भन्सार छली गरी ल्याइएका भैंसी र रंगालाई नेपाल भित्रयाउन प्रतेक युनिट ले प्रति भैंसी रु एक हजार पांच सय बुझने गरेका छन् ।
रातीको समयमा गोरेटो बाटो र खेत भएर भैसी रंगा भित्रयाउँदा स्थानियहरुको धानवाली समेत नष्ट हुने गरेका छन् ।
त्यसैगरी बुडगाई मिर्जापुरबाट धान गहुँ, भैसी, किराना आइटम र कस्मेटिक लगायतको समाग्रीहरुको भारीमात्रामा तस्करी भइरहेको छ । श्रोतका अनुसार तस्करहरुले गहुँ र धानको तस्करी गर्नेहरु बोरा भित्र कपडा समेत लुकाएर नेपाल भित्रयाउने गरेका छन् ।
त्यसैगरी बिओपी मिर्जापुर प्रमुख सशस्त्र प्रहरी निरिक्षक दिपेन्द्र मल्ल र बन्जारी बिओपीका सशस्त्र प्रहरी निरिक्षक बिष्णुहरी थपाको कमाण्डमा तस्करी मौलाएको छ! भने सशस्त्र प्रहरी गुल्म भिखमपुरको कमाण्डमा भारतीय सिमापारीको बजार भंगहा, इनर्वा, महादेवपट्टी लगायतबाट नेपालमा अबैध रुपमा माल समान आइरहेको छ ।
हरेक नाकाबाट हुने गरेको तस्करीमा नेपाल….लाई पनि भाग आउने गरेको कारण ….. प्रमुख सहितका ग्रामिण इलाकामा रहेका अधिकारीहरु मौन वस्ने गरेका छन् ।
तस्करीहरुबाट डिल भएका रकमहरु घुमुवा मार्फत सशस्त्र प्रहरीले असुली गर्ने गरेका छन् । समयमा नजराना वापतको रकम नदिए माल समान वाटोमै रोकी जपत गर्ने गरेका छन् ।
यसरी देशकै अर्थतन्त्र डगमगाएको बेला देशको सुरक्षाका लागि खटिने राष्ट्र सेवकहरुले भन्सार छलीलाई प्रत्साहन गर्दा राजस्व घटेको छ । लामो समय यस्तै रहने हो भन्ने देशलाई यस्ता अधिकारीहरुले डुवाउन सक्न भएको हुँदा त्यस तर्फ केन्द्र र प्रदेशका प्रमुख तथा अधिकारीहरुलाई सचेत हुनु पर्ने देखिन्छ ,!
