Friday, March 14, 2025

चामलको बोरामा लागूऔषध बरामदराजविराज । सप्तरीको पश्चिमी वेल्ही नाकाबाट चामलको बोराभित्र राखेर नेपाल भित्र्याउँदै गरेको ठूलो परिमाणको लागूऔषध बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय कडोरबनाका प्रहरी निरीक्षक सुरेन्द्र यादव नेतृत्वको टोलीले बलान विहुल गाउँपालिका-१ बाट ३ हजार पाँच सय २५ एम्पुल लागूऔषध नियन्त्रणमा लिएको हो । बरामद भएको लागूऔषधमा डाइजेपाम १ हजार १ सय ७५ एम्पुल, फेनारगन १ हजार १ सय ७५ एम्पुल र वुप्रेन १ हजार सय ७५ एम्पुल रहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार सीमा क्षेत्रबाट राजमार्गतर्फ आइरहेका बेला स १ ह ३६८६ नम्बरको अटोलाई रोकी जाँच गर्दा दुई वटा बोरामा रहेको चामलको बीचमा तीनवटा प्लास्टिकको झोलामा उक्त परिमाणमा लागूऔषध फेला परेको हो । प्रहरीले लागूऔषधसहित अटो चालक राजेन्द्र राम र अटोमा चामल बोरा राख्ने हरिहर यादवलाई नियन्त्रणमा लिएको छ ।केही दिनअघि तस्करी गरी वेल्हीनाकाबाटै भारततर्फ लैजाँदै गरेको अवस्थामा मधेश प्रदेश प्रहरी कार्यालयको टोलीले ठूलो परिमाणमा स्याउ नियन्त्रणमा लिएको थियो ।

ताजा / भरखरै प्राप्त

Previous article
पर्सामा लागूऔषधसहित ४ पक्राउपर्सा । प्रहरीले वीरगन्जको विभिन्न स्थानबाट लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ । वीरगन्ज-२ इदगाह चोकबाट ४ सय ४१ थान प्रतिबन्धित लागूऔषध नुरफिन, फेनारगन, डाइजेल्याबसहित बारा जितपुर सिमरा उमनपा-२ का प्रदीप बोहरा क्षेत्री शनिबार पक्राउ परेका हुन् ।त्यसैगरी शनिबार साँझ साढे ४ बजे वीरगन्ज-१५ ब्रम्हनगर चोकबाट ३ नाबालकहरु ३ सय ३७ नाइट्राभेट ट्याबलेटसहित पक्राउ परेका छन् ।पक्राउपर्ने नाबालकहरु भक्तपुर चागुनारायण नगरपालिका-७ का १७ वर्षीय, सिन्धुली सुनकोसी गाउँपालिका-२ का १७ वर्षीय र बारा प्रसौनी गाउँपालिका-३ का १८ वर्षीय नाबालिग रहेका छन्
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles