Friday, March 14, 2025

जमिरी राम : जसले कबाडीको काम गरेर दुई छोरालाई खुवाए सरकारी जागिर’छोराको कमाइले पक्की घर बनाउने परिवारको पहिलो सपना’

ताजा / भरखरै प्राप्त

रौतहट : आफूले कवाडीको काम गरेर हुर्काएका छोराले सरकारी सेवामा जागिर खाएपछि रौतहटको एक परिवारमा हर्ष छाएको छ।रौतहटको मौलापुर नगरपालिका वडा नं– ७ पिपरिया निवासी जमिरी रामको दुईवटा छोराले सरकारी जागिर खाएपछि उनको परिवारमा खुसी छाएको हो।जमिरी रामका एक त तराई मधेशमा दलित समुदायका हुन्। कवाडी काम गरेर आफ्ना दुई छोराले सरकारी सेवामा जागिर पाएपछि अहिले गाँउमा जमिरी रामकै चर्चा छ।
आफूले कवाड बटुलेर आफ्ना दुई छोरालाई पढाइ लेखाई गराएका उनी अहिले दलित समुदायको लागि एउटा उदाहरणका पात्र बन्न पुगेका हुन्। अतिविपन्न परिवारमा जन्मेका जमिरी रामले छोराहरूलाई सफल बनाउन धेरै संघर्ष गरेका थिए।
आर्थिक अभावमा रामले सानै उमेरदेखि गाउँ घरमा हुने नाच्ने काम गर्न थाले। जमिरी रामले झण्डै २५ वर्ष नाचमा बिताए। उनीसँगै जेठा छोरा पनि नाचमै अग्रसर हुँदै गरेको देखेर जमिरीले नाचको काम छाडेर चितवनमा गए। कवाडीको काम गर्न थाले। छोरालाई राम्ररी शिक्षा दिनेतर्फ केन्द्रित भए।आफूजस्तो छोरालाई नबनाउने अठोटका साथ जमिरी राम कवाडीमा र उनकी श्रीमती गाउँघरमा मजदुरी गर्न थालिन्। जेठा छोरा मिथुन रामले एसएलसी पास गरी भेटेरीनरी पढ्ने इच्छा गरे। तर, वीरगंजमा दुई महिना भेटेरीनरीको कक्षा लिएपछि पैसाको अभावमा पढ्ने अवसर पाएनन्।
त्यसपछि २०७५ सालमा सशस्त्र प्रहरी बलमा आवेदन दिएका मिथुनले सशस्त्र प्रहरी जवानमा नाम निकाल्न सफल भए। आफ्नो छोरा सरकारी सेवामा त्यो पनि देशको सेवामा तत्पर रहने सशस्त्र प्रहरी बलको जवान बनेको देखेर जमिरी रामको परिवार खुसीले गदगद भए।
जमिरीले आफ्ना कान्छा छोरा सुनिल रामको शिक्षामा जोड दिए। कान्छा छोरा पढाउनका लागि जमिरीले भएको आफ्नो डेढ कठ्ठा जग्गा साहुकोमा बन्धकी राखे। सुनिल रामले प्रविणता प्रमाणपत्र तह पास गरिसकेपछि उनको बुबा जमिरी रामले उनलाई नेपाल प्रहरीमा आवेदन दिन लगाए तर सुनिलको भने नेपाली सेना बन्ने सपना थियो।
सुनिलले २०७९ सालमा नेपाली सेनामा छनोट भई गत भदौ २५ गते तालिम पूरा गरी पासआउट पनि भइसकेका छन्।जमिरीले आफ्ना दुईटै छोराले सरकारी जागिर खान सफल भएको बताए। अब छोराहरूले सरकारी सेवाबाट कमाएको पैसाबाट आफ्नै गाँउमा एउटा पक्की घर बनाउने सपना बुनेका छन्। उनीहरूको परिवार विगत लामो समयदेखि फुसको घरमा जीवनयापन गर्दै आएको छ। दलित समुदायमा एउटै परिवारको दुई दाजुभाइ सरकारी सेवामा त्यो पनि सुरक्षा निकायमा जागिरे भएको देखेर गाउँलेहरू पनि खुसी भएका छन्।रुपेन्द्र पटेल

Previous article
चामलको बोरामा लागूऔषध बरामदराजविराज । सप्तरीको पश्चिमी वेल्ही नाकाबाट चामलको बोराभित्र राखेर नेपाल भित्र्याउँदै गरेको ठूलो परिमाणको लागूऔषध बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय कडोरबनाका प्रहरी निरीक्षक सुरेन्द्र यादव नेतृत्वको टोलीले बलान विहुल गाउँपालिका-१ बाट ३ हजार पाँच सय २५ एम्पुल लागूऔषध नियन्त्रणमा लिएको हो । बरामद भएको लागूऔषधमा डाइजेपाम १ हजार १ सय ७५ एम्पुल, फेनारगन १ हजार १ सय ७५ एम्पुल र वुप्रेन १ हजार सय ७५ एम्पुल रहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार सीमा क्षेत्रबाट राजमार्गतर्फ आइरहेका बेला स १ ह ३६८६ नम्बरको अटोलाई रोकी जाँच गर्दा दुई वटा बोरामा रहेको चामलको बीचमा तीनवटा प्लास्टिकको झोलामा उक्त परिमाणमा लागूऔषध फेला परेको हो । प्रहरीले लागूऔषधसहित अटो चालक राजेन्द्र राम र अटोमा चामल बोरा राख्ने हरिहर यादवलाई नियन्त्रणमा लिएको छ ।केही दिनअघि तस्करी गरी वेल्हीनाकाबाटै भारततर्फ लैजाँदै गरेको अवस्थामा मधेश प्रदेश प्रहरी कार्यालयको टोलीले ठूलो परिमाणमा स्याउ नियन्त्रणमा लिएको थियो ।
Next article
फल्स बटम बनाई लुकाई छिपाई लैजाँदै गरेको ९ सय २० के.जी.गाँजासहित दुई जना नियन्त्रणमाभारतीय नम्बरको कन्टेनरमा फल्स बटम बनाई लुकाई छिपाई लैजाँदै गरेको करीव९ सय २० के.जी. गाँजासहित सशस्त्र प्रहरीले भाद्र ३१ गते दुई जनालाईनियन्त्रणमा लिएको छ ।नियन्त्रणमा लिएकाहरु भारतको बलरामपुर जिल्ला बिर्तापुर घर बताउनेअन्दाजी ४५ वर्षिय दुलारे यादव र ३६ वर्षिय योगेश वर्मा छन् ।विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण मकवानपुरलेउनीहरुलाई मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १० बसपार्क स्थितपूर्व–पश्चिम लोकमार्गबाट उल्लेखित गाँजासहित नियन्त्रणमा लिएको हो ।चितवनको खुरखुरेबाट बिरगंजतर्फ जाँदै गरेको एन.एल. ०१ ए.सी. २१४५नम्बरको भारतीय कन्टेनरलाई शंका लागि जाँच गर्दा ड्राईभर साईडको भित्तामाझण्डै दुई फिट चौडाई र ६ फिट लम्बाईको फल्स बटन बनाई लुकाई छिपाई लैजाँदैगरेको उल्लेखित गाँजा फेला पारेको हो । नियन्त्रणमा लिइएकाहरु सोकन्टेनरको चालक तथा सहचालक रहेका छन् ।नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद गाँजा तथा कन्टेनरसहित आवश्यककारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाईएको छ, !
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles