Friday, March 14, 2025

पर्सा बिरगंजको सदरमुकाममा तस्करी शुन्यमा झारिएको सुनिन्छ ! तर पर्साको भिस्वा नाकाबाट पटकपटक नेपाल प्रहरीले मात्र तस्करी समान पक्राउ गरेको छ! तस्करी हुने नाका हरू – भिस्वा, बन्जारी,डराईपोट,अलउ, सिरीसिया, मिर्जापुर, जानकी टोला, अमरपट्टी, प्रसौनी, पहकाँ मैनपुर, सवैठवा, धोरे, ठोरी लगायताको क्षेत्रबाट ठूलो परिमाणमा तस्करी बढेको छ,!

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी गुल्म सवैठवाका प्रमुख डिएसी केशवराज ओलियाको मातहतमापर्ने भिस्वा, बुडगाई, मिर्जापुरबाट भैंसी, धान, गहुँ, खुखुराको चल्ला, माछा, किराना, काजु, सुपारी , कस्मेटिक, बिदेशी नुन नमक, गुड मिठा, लाताकपडा लगायतको ठूलो परिमाणमा तस्करी भइरहेको छ ।

प्रसाैवनिभाठा र धोरे नाका हुँदै रातीको समयमा ठूलो परिमाणमा भैसी र रंगाको तस्करी गराउँन सहयोग भएका छन् । यसबाट…लाई मोटो रकमको अबैध आम्दनी भइरहेको श्रोतको दावी छ । श्रोतका अनुसार भन्सार छली गरी ल्याइएका भैंसी र रंगालाई नेपाल भित्रयाउन प्रतेक युनिट ले प्रति भैंसी रु एक हजार पांच सय बुझने गरेका छन् ।

रातीको समयमा गोरेटो बाटो र खेत भएर भैसी रंगा भित्रयाउँदा स्थानियहरुको धानवाली समेत नष्ट हुने गरेका छन् ।

त्यसैगरी बुडगाई मिर्जापुरबाट धान गहुँ, भैसी, किराना आइटम र कस्मेटिक लगायतको समाग्रीहरुको भारीमात्रामा तस्करी भइरहेको छ । श्रोतका अनुसार तस्करहरुले गहुँ र धानको तस्करी गर्नेहरु बोरा भित्र कपडा समेत लुकाएर नेपाल भित्रयाउने गरेका छन् ।

त्यसैगरी बिओपी मिर्जापुर प्रमुख सशस्त्र प्रहरी निरिक्षक दिपेन्द्र मल्ल र बन्जारी बिओपीका सशस्त्र प्रहरी निरिक्षक बिष्णुहरी थपाको कमाण्डमा तस्करी मौलाएको छ! भने सशस्त्र प्रहरी गुल्म भिखमपुरको कमाण्डमा भारतीय सिमापारीको बजार भंगहा, इनर्वा, महादेवपट्टी लगायतबाट नेपालमा अबैध रुपमा माल समान आइरहेको छ ।

हरेक नाकाबाट हुने गरेको तस्करीमा नेपाल….लाई पनि भाग आउने गरेको कारण ….. प्रमुख सहितका ग्रामिण इलाकामा रहेका अधिकारीहरु मौन वस्ने गरेका छन् ।

तस्करीहरुबाट डिल भएका रकमहरु घुमुवा मार्फत सशस्त्र प्रहरीले असुली गर्ने गरेका छन् । समयमा नजराना वापतको रकम नदिए माल समान वाटोमै रोकी जपत गर्ने गरेका छन् ।

यसरी देशकै अर्थतन्त्र डगमगाएको बेला देशको सुरक्षाका लागि खटिने राष्ट्र सेवकहरुले भन्सार छलीलाई प्रत्साहन गर्दा राजस्व घटेको छ । लामो समय यस्तै रहने हो भन्ने देशलाई यस्ता अधिकारीहरुले डुवाउन सक्न भएको हुँदा त्यस तर्फ केन्द्र र प्रदेशका प्रमुख तथा अधिकारीहरुलाई सचेत हुनु पर्ने देखिन्छ ,!

Previous article
Next article
आज विश्वकर्मा पूजा एवं वास्तु दिवस मनाइँदैप्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् ।विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्‌को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी मंगलबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ ।आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्रा. तोयराज नेपाल बताउँछन्।प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उनले नै रचना गरेको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन् ।यही सम्झनामा नेपालका कालीगढहरुले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्छन् । यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । यस विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमासमेत पूजा आराधना गरिन्छ ।वास्तुका शास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रुपमा मनाउने गर्छन् । पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तु शास्त्रकै विषय उल्लेख गरिएको छ । लुप्तप्राय : भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको संख्या पनि बढ्न थालेको छ । यसैले गर्दा पनि अहिले वास्तु विद्याको महत्व बढेको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles