सोमबार पार्टी निकट नेवाः संघको स्थापना दिवसलाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले जसले जुनसुकै आराेप र जस्ताे उनकाे भनाइ छ ।
अध्यक्ष नेपालले लोकतन्त्रका लागि लामो समय संघर्ष गरेको नेपाली कांग्रेस समेत गठबन्धनमा रहेको बताउँदै यसले समाजवाद जाने यात्रालाई थप सहज बनाउने बताए । उनले कांग्रेस गठबन्धनबाट अलग हुने र सरकारबाट बाहिरिने कुरा हुन नसक्ने बताए ।
यसैगरी उनले अहिले गठबन्धनमा आवद्ध दलहरुमध्ये केहीमा गठबन्धन र सरकारबाट बाहिर निस्किनुपर्ने अभिव्यक्ति प्रकट भएको भन्दै त्यो राम्रो नभएको बताए । उनले त्यस्ता अभिव्यक्तिलाई गठबन्धनमा बिग्रह ल्याउने र पार्टीलाई समाप्त पार्ने षड्यन्त्रको संज्ञा दिए ।
उनले समाजवादी मोर्चामा एकीकृत समाजवादी सामेल भएपछियता पार्टीभित्र नयाँ उत्साह आएको बताए ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै कटाक्ष समेत गरे ।
‘विगतमा गणतन्त्रका लागि आफूहरु आन्दोलनमा हुँदा आन्दोलन सफल हुँदैन, बयल गाडा चढेर अमेरिका पुग्छु भनेर सोच्नु र राजतन्त्र ढाल्छु भनेर सोच्नु उस्तै उस्तै कुरा हो भनेर गीत गाउनेहरु नदेखेका होइनाैं, त्यसलाई हामीले वास्तै गरेनौं, र गणतन्त्र ल्याइछाड्यौ । गणतन्त्र ल्याउने हामी नै हौ’ उनले भने ।
यस्तै, अध्यक्ष नेपालले पार्टीका नेता झलनाथ खनालमाथि कटाक्ष गरेका छन् । एमसीसी सम्झौता कार्यान्वयको विरोध गर्दै आइरहेका खनाललाई विदेशीको हालीमुहाली चल्दा तमासा हेरेर बस्ने तर, अहिले लागू हुँदा विरोधका गीत गाउन सुरु गरेको आरोप लगाए । खनालले अमेरिकी ‘विकास सहयोग परियोजना’ एमसीसी सम्झौताले देशभित्र अमेरिकी सेना प्रवेश गर्ने बाटो खुला हुने बताउँदै लागू गर्न दिनै नहुने अडान लिँदै आइरहेका छन् ।
राजनीति
एकीकृत समाजवादी
