Tuesday, October 22, 2024

भारतबाट चिनी किनेर नेपालमा व्यापार गर्दै आएका उद्योगीहरु सरकारले ५० प्रतिशत भन्सार छुटमा चिनी आयात गर्ने निर्णय गरेपछि सलबलाउन थालेका छन् । केही चिनी उद्योगले भारतबाट कमसल चिनी किनेर नेपाल ल्याउने र नेपाली चिनी भन्दै व्यापार गर्दै आएका थिए । सरकारले दुई सस्थान साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई ५० प्रतिशत भन्सार छुट दिएर २० हजार टन चिनी ल्याउने निर्णय गरेको छ ।

ताजा / भरखरै प्राप्त

दशै र तिहारलाई लक्षित गर्दै उक्त परिमाणको चिनी आयात गरिन लागेको हो । यो चिनी आएपछि बजारमा चिनी उद्योगीहरुले डिलर मार्फत विक्री गर्दै आएको चिनीभन्दा सस्तोमा पाइनेछ । चाडवाड सुरु भएसँग बजारमा चिनिीको कालोबजारी सुरु भइसको छ । अहिले एक साता अघिको भन्दा प्रतिकिलो २० रुपैयाँ मूल्य बढाएर व्यापारीहरु बेचिरहेका छन् ।

चिनी उद्योगीहरु सरकारलाई चिनी ल्याउन नदिने षडयन्त्र गरिरहेका थिए । उनीहरुले बिचौलीया मार्फत लविङ गर्दै आएका थिए । सरकारले चाडबाड र बजारको आपूर्ति अवस्थालाई मध्यनजर गर्दै दशै अगाडी नै २० हजार टन चिनी आयात गर्ने निर्णय गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसअघि ६० हजार टन आयात गर्न प्रस्ताव गरेपनि अर्थ मन्त्रालयले २० हजार टन मात्र आयातको स्वीकृति दिएको छ ।

अर्थले स्वीकृत गरेको परिमाणमध्ये साल्ट ट्रेडिङ कर्पोरेसनले १० हजार र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० हजार टन आयात गर्नेछन् । यसबारे गत सोमबार नै निर्णय भएको हो । २० हजार टन आयात गर्दा भन्सार महसुलमा ५० प्रतिशत छुट दिइएको छ । चिनी आयात गर्दा भन्सार महसुल ३० प्रतिशत तिर्नुपर्छ भने त्यसमा १३ प्रतिशत भ्याट लाग्छ । भन्सार महसुल छुट हुँदा निजी क्षेत्रले बिक्री गर्नेभन्दा चिनी सस्तो हुनेछ ।

सरकारका तर्फबाट आयात हुँदा बजारमूल्य हस्तक्षेप गर्न सजिलो हुने आपूर्ति मन्त्रालयका अधिकारीको भनाइ छ । चिनी उद्योगीले भन्सार छुट दिन नहुने भन्दै आएका थिए । उद्योगीकै दवावमा विगत दुई वर्षदेखि छुटमा आयातको स्वीकृति दिएको थिएन । जसका कारण सरकारी गगोदाम रित्तिएका थिए । अहिले चाडबाडमा व्यवसायीले थप मूल्य बढाउने संकेत दिएपछि चिनी आयात गर्न लागिएको हो ।

बजारमा व्यवसायीको हस्तक्षेपलाई हटाउन आयातमा छुटको व्यवस्था गर्नुपर्ने माग रहदै आएको थियो । विगतमा चाडबाडलाई लक्ष्य गरी सरकारी संस्थानलाई १ प्रतिशत भन्सार महसुलमा चिनी आयात अनुमति दिने चलन थियो । पछि १ प्रतिशतबाट बढाएर ५० प्रतिशतमा पुर्याइएको हो । चाडबाडमा महँगी बढ्ने हुँदा मूल्य हस्तक्षेप गर्न छुटको चिनी आयात जरुरी रहेको उपभोक्ता अधिकारकर्मी बताउँछन ।

वाणिज्य मन्त्रालयका अनुसार अर्थले दुई वर्षपछि भन्सार महसुल छुटमा चिनी आयातको निर्णय गरेको हो । गत वर्ष साल्ट र खाद्यको गोदाम रित्तै हुँदा सहुलियत दर (भन्सार छुट) मा आयात व्यवस्था मिलाउन पटकपटक पत्र पठाइएको थियो । तर अर्थले निर्णय नगर्दा सरकारी संस्थानले सहुलियतको चिनी आयात गरका थिएनन् ।

चिनी

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles