Tuesday, October 22, 2024

शिक्षा मन्त्री अशोक राईले शिक्षकहरुले विद्यालय शिक्षा विधेयकलाई लिएर काठमाडौंमा जम्मा हुने बाटो लिनु उचित नभएको बताएका छन् ।

ताजा / भरखरै प्राप्त

आज मन्त्रालयले काठमाडौंमा आयोजना गरेको ‘राष्ट्रिय शिक्षा दिवस २०८०’को मूल समारोहलाई सम्बोधन गर्दै विधेयक विषयवस्तुमा असमति भए वार्ता र छलफलबाट सुल्झाउन सकिने बताए । ‘शिक्षकहरुले काठमाडौं जम्मा हुने बाटो किन लिनुभयो, थाहा छैन’ सम्बोधनका क्रममा शिक्षामन्त्री राईले भनेका थिए ।

उनले वार्तामा आउन समेत आन्दोलित शिक्षकहरुलाई आह्रवान गरे । तर उनैले दिउँसो ३ बजे बोलाएको वार्तालाई शिक्षकहरुले बहिष्कार गरेका छन् । मन्त्री राईले गत साता प्रतिनिधिसभामा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा राखिएका शिक्षकले राजनीतिक दलका सदस्यता लिन नपाउने, शिक्षकको सरुवा दरबन्दी सिर्जना, परीक्षा लिने, स्थायी बनाउने, हटाउने, अन्य पेसा व्यवसाय गर्न नपाउने लगाउन विषयप्रति आपत्ति जनाउँदै शिक्षकहरुको संगठन नेपाल शिक्षक महासंघले भोलिका लागि आन्दोलन घोषणा गरिसकेका छन् । सोही विषयलाई लिएर मन्त्री राईले छलफल गर्न महासंघलाई वार्तामा बोलाएपनि महासंघ वार्तामा नगएको हो ।

विधेयक संशोधन गर्ने चरण मन्त्रालयको हातमा नरहेको भन्दै वार्तामा बस्न औचित्य नरहेको महासंघको भनाइ छ । महासंघले भोलि बुधबार देशभरका विद्यालयमा पठनपाठन बन्द गरेर सबै शिक्षकलाई काठमाडौंमा संसद भवन घेराउ गर्न बोलाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles