Sunday, March 16, 2025

सशस्त्रका डीएसपीहरुको कमाण्ड पूर्वानुमान सूची प्रकाशित:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी मुख्यालयले २०८१ सालमा गुल्म कमाण्ड गर्ने सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)हरुको पूर्वानुमान सूची प्रकाशित गरेको छ।मंगलबार सबै युनिटलाई पठाइएको सूचीअनुसार समान अवसर प्रदान गर्ने नीति संगठनले लिए बमोजिम सशस्त्र प्रहरी बल नेपालका अनाश्रित तथा आश्रित गुल्म कमाण्डमा ५० जनाको मुख्य र १० जनाको बैकल्पिक सूचीमा गरी जम्मा ६० जना सशस्त्र प्रहरी नायब उपरीक्षकहरुको नामावली प्रकाशित गरिएको छ।
प्रधान कार्यालयस्थित कर्मचारी प्रशासन शाखाले केन्द्रीय जेष्ठताको आधार तयार गरी कमाण्डको जिम्मेवारी प्राप्त नगरेका नायब उपरीक्षकहरुको पूर्वानुमान सूची तयार गरिएको बताइएको छ। संगठनले तर्जुमा गरेका नीतिलाई सबैले आत्मासाथ गरी प्राप्त जिम्मेवारीलाई ईमान्दारी पूर्वक सम्पादन गर्नु सबैको कर्तव्य रहने मुख्यालयको विश्वास छ।

एफपीयु मिशन, अनपोल मिशन, प्रोफेसनल लेभलको यूएन मिशन र १ वर्षभन्दा बढी अवधिको बिदेश तालिमबाट फिर्ता भएका अधिकृतहरुलाई भने ६ महिना अवधिसम्म कमाण्डको जिम्मेवारीमा सरुवा नगरिने संगठनको नीति रहेको सशस्त्रका सहायक प्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
एक पटक पनि कमाण्डको जिम्मेवारीमा नखटिएका नायब उपरीक्षकहरुलाई पहिलो प्राथमिकता राखि पुर्वानुमान सूची तयार गरिएको हो। यसैगरी पुरा अवधि कमाण्ड नगरेका नायव उपरीक्षकहरुलाई समेत कमाण्ड गरेको अवधिको आधारमा कमाण्डको अवसर पाउने गरी पूर्वानुमान सूची तयार गरिएको छ।
पूर्वानुमान सूची प्रकाशन गर्ने नीति पछि कमान्ड जान अस्वस्थ प्रतिस्पर्धा, बाह्य दबाब र कोहि कमान्ड गरिरहने कोहि कमान्डबाट बन्चित हुने अवस्थाको अन्त्य भएको छ।

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles