पत्रकार खानको अहिले नारायणी अस्पतालको आईसीयूमा राखेर उपचार चलिरहेको छ । पत्रकार खान अस्पतालमा भर्ना भएको जानकारी पाउनासाथ महानगरप्रमुख सिंहले बुधबार बिहान आफ्नो व्यक्तिगत तर्फबाट ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराएका हुन् ।
महानगर प्रमुख सिंहका स्वकीय सचिव अफरोज आलम, प्रेस सल्लाहकार महेस दास, समाजसेवी एवं युवा नेता सुरेशमान सिंह लगायतले अस्पतालमा नै पुगेर खानलाई महागरप्रमुख सिंहले उपलब्ध गराएको चेक हस्तान्तरण गरेका हुन् । महानगरप्रमुख सिंहले पत्रकार खानको उपचारका लागि आफूले व्यक्तिगत रुपमा अहिले सहयोग गरेको थप सहयोगका लागि सधै तत्पर रहेको पनि बताए।
वीरगञ्जेली पत्रकार र पत्रकारिताको सुरक्षा तथा संरक्षणका लागि कहिल्यै पनि आफू पछि नहट्ने भन्दै उनले पत्रकार खानको उपचारका लागि आवश्यक पर्ने अन्य सबै सहयोग गरिने बताउए । पत्रकार खानको पत्नी पनि अहिले क्यान्सर रोगका कारण उपचाररत नै रहेका छन् । पतिपत्नी नै रोगबाट ग्रसित हुँदा उपचारका लागि आवश्यक रकम जुटाउन सञ्चारकर्मीहरूले सामाजिक सञ्जाल मार्फत आवश्यक सहयोग गर्न भन्दै सन्देश जारी नै गरेका छन् ।
मधेश प्रदेश
