Saturday, March 15, 2025

चार किलो चाँदीसहित एक पक्राउबारा । करिब चार किलो चाँदीसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराले मंगलबार चार लाख ८० हजार बराबरको सो चाँदीसहित पर्साको वीरगन्ज महानगरपालिका ३ का ३८ राधेश्याम सुनारलाई पक्राउ गरेको हो ।बाराका एसपी सुरेश काफ्लेका अनुसार वीरगन्जबाट कलैयातर्फ आउँदै गरेको मोटरसाइकल चेक जाँच गर्दा लुकाई छिपाई ल्याएको सो चाँदीसहित उनलाई नियन्त्रणमा लिइएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा / भरखरै प्राप्त

Previous article
आज संविधान दिवस, टुँडिखेलमा आयोजना हुने कार्यक्रममा राष्ट्रपति सहभागी हुँदै२०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् ।आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुँदैछन् ।सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गर्नुभएको थियो । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ ।नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा स्वर्गीय सुवासचन्द्र नेम्वाङ थिए ।सङ्घीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासदले हस्ताक्षर गरेका थिए । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles