Sunday, March 16, 2025

बाराबाट भन्सार छलीको सामान बरामदप्रहरीले बाराबाट ठुलो परिमाणमा भन्सार छलीको सामान बरामद गरेको छ । चार वटा ट्रकबाट ७७ लाख २७ हजार बराबरको भन्सार छलीको सामान बरामद गरिएको बाराका एसपी सुरेश काफ्लेले बताए ।३ वटा ट्रक भन्सार छलीको सामान लिएर वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । हेटौंडबाट महोत्तरी जाँदै गरेको बा.२१ च ८९९७ नम्बरको पिकअपलाई अनलाइन बिल नभएका पाँच लाख बराबरका ५ ओटा गाई सहित नियन्त्रणमा लिइएको छ । वीरगन्जबाट आएका ट्रकमा भारतबाट आयात गरिएको सामान भेटिएको छ ।

ताजा / भरखरै प्राप्त

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles