Saturday, March 15, 2025

असोज ५, २०८०शिक्षक आन्दोलनका सम्बन्धमानेपाल सरकारले संसदमा दर्ता गरेको “विद्यालय शिक्षा विधेयक” लाई लिएर मुलुकभरका शिक्षकहरु आन्दोलनमा उत्रिएको वर्तमान अवस्थामा सबै किसिमका जायज माग र भावनालाई शान्तिपूर्ण वार्ताका माध्यमबाट समाधान निकाल्न सकिन्छ भन्ने दृढ विश्वासका साथ सरकार र आन्दोलनरत पक्ष बीच भैरहेको वार्तालाई नेपाली कांग्रेस हार्दिक स्वागत गर्दछ ।विद्यालय शिक्षाको विद्यमान अवस्था परिवर्तन गर्न र शिक्षक एवं विद्यालय कर्मचारीको बर्षौ देखिका समस्याहरु समाधान गर्न समयानुकूलको ऐन बहुप्रतिक्षित थियो । अघिल्लो ऐन र कानुनी व्यवस्थाहरुका तुलनामा प्रस्तावित विधेयकले कतिपय महत्वपूर्ण बिषयहरु समेट्नु एकातर्फ सुखद छ भने अर्कातर्फ कतिपय सन्दर्भमा विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने लगायतको संविधानको मर्मलाई पूर्ण रुपमा आत्मसात गर्न सकेको छैन । साथै, विद्यालय शिक्षक र विद्यालय कर्मचारीहरुको जायज र उपयुक्त मागलाई समेत सम्बोधन गर्न नसकेको देखिन्छ । यो विधेयकलाई ऐन बनाउँदा यसमा परिमार्जन÷संशोधन गर्न पर्ने विषयहरु छन् ।संसदमा दर्ता भएको विधेयकलाई संसदीय प्रक्रियाबाट नै आवश्यक संशोधन र परिमार्जनका माध्यमबाट सर्वस्वीकार्य बनाउन पहलकदमी लिने प्रतिवद्धता समेत जाहेर गर्दै सरकार र आन्दोलनरत पक्षलाई सार्थक वार्ता र संवादबाट यथाशीघ्र समस्याको समाधान खोज्न र पठन–पाठन सुचारु हुने वार्तावरण निर्माण गर्न कार्यसमितिको यो बैठक अपिल गर्दछ ।मुलुकको समग्र समुन्नतिको मार्गप्रशस्त गर्ने प्रारम्भिक थलो विद्यालयहरु नै हुन् । विद्यालय शिक्षामा सम्पुर्ण सुधार गर्दै शिक्षक र शिक्षण पेशालाई प्रतिष्ठित, मर्यादित र आकर्षक बनाउनु हामी सबैको दायित्व हो । यस दिशामा सबैको साझा प्रतिबद्धता र प्रतिबद्धता अनुरुपको भुमिकाका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक अपिल गर्दछ ।कृष्णप्रसाद पौडेलमुख्य सचिव

ताजा / भरखरै प्राप्त

Previous article
बिपद सामग्री हस्तान्तरणबिराटनगर। आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशले सुरक्षा निकायलाई बिपद सामग्री हस्तान्तरण गरेको छ । मन्त्रालयको सभाहलमा आज बिहान एक कार्यक्रमको आयोजना गरी कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला तथा शशस्त्र प्रहरी बल कोशी प्रदेश प्रमुख अन्जनी पोखरेललाई बिबिध बिपद सामग्रीहरु हस्तान्तरण गर्नु भएको हो । सामग्री हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्नुहुँदै मुख्य मन्त्री कार्कीले सुरक्षा निकाय सुरक्षित भएमा मात्र आम नागरीक सुरक्षित हुने हुँदा सुरक्षा निकायलाई मजबुत बनाउन बिपद सामग्रीहरु उपलब्ध गराईएको बताउनु भयो । यसका साथै बिपद ब्यबस्थापनका बिषयमा प्रदेश सरकार गम्भिर रहेको र सुरक्षाको पहिलो पंत्तिमा रहने नेपाल प्रहरीलाई साधन श्रोत सम्पन्न बनाउने प्रदेश सरकारको लक्ष्य रहेको समेत वाँहाले बताउनु भयो ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles