Friday, March 14, 2025

सदरमुकाम मलंगवामा धार्मिक समूहको नाममा साम्प्रदायिक सद्भाव बिगार्ने तत्वहरु सक्रिय भएको निष्कर्ष निकाल्दै दलहरुहरू त्यस्ता तत्वविरुद्ध कारवाही चलाउने विषयमा एक ठाउँमा उभिएका हुन् ।

ताजा / भरखरै प्राप्त

शुक्रबार मलंगवास्थित जिल्ला प्रशासन कार्यालयमा भएको दलहरुसहित सर्वपक्षीय बैठकले धार्मिक, सांस्कृति तथा सामाजिक सद्भाव विथोल्ने अराजक तत्त्वविरुद्ध कडा रुपमा प्रशासनिक कदम चाल्ने विषयमा साथ दिने निर्णय लिएको छ ।

बिहीबार राति गणेशको मूर्ति सेलाउने क्रममा मलंगवा–३ स्थित हिन्दू र मुस्लिम समूदायबीच केही समूहले झडप निम्तिने किसिमका गतिविधि गरेपछि जिल्ला प्रशासन कार्यालयले राति ८ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको छ । मूर्ति बिसर्जन कार्य राेकिएकाे छ ।

बैठकले सबै मूर्ति एकै ठाउँमा राखेर शुक्रबार बेलुका ५ देखि ७ बजेभित्र बिसर्जन गर्ने, सद्भाव बिथोल्न नदिन सबै पक्षले विशेष भूमिका निर्वाह गर्ने लगायत ६ बुँदे निर्णय भएको छ ।

सर्वपक्षीय बैठकमा सांसद हरिप्रसाद उप्रेती, जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख, पूर्व प्नदेशसभा सदस्य, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जसपा, लोसपा, जनमत, रास्वपा, राप्रपा लगायत राजनीतिक दलका नेता, जनप्रतिनिधि, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधि उपस्थित थिए ।

कर्फ्युकै बीचमा पनि आज दिउँसो मलंगवामा स्थानीयले प्रदर्शन गरेका थिए । अवस्था बिग्रन नदिन प्रहरीले दर्जनभन्दा बढी सेल अश्रु ग्यास प्रहार गरेको थियो ।

Previous article
असोज ५, २०८०शिक्षक आन्दोलनका सम्बन्धमानेपाल सरकारले संसदमा दर्ता गरेको “विद्यालय शिक्षा विधेयक” लाई लिएर मुलुकभरका शिक्षकहरु आन्दोलनमा उत्रिएको वर्तमान अवस्थामा सबै किसिमका जायज माग र भावनालाई शान्तिपूर्ण वार्ताका माध्यमबाट समाधान निकाल्न सकिन्छ भन्ने दृढ विश्वासका साथ सरकार र आन्दोलनरत पक्ष बीच भैरहेको वार्तालाई नेपाली कांग्रेस हार्दिक स्वागत गर्दछ ।विद्यालय शिक्षाको विद्यमान अवस्था परिवर्तन गर्न र शिक्षक एवं विद्यालय कर्मचारीको बर्षौ देखिका समस्याहरु समाधान गर्न समयानुकूलको ऐन बहुप्रतिक्षित थियो । अघिल्लो ऐन र कानुनी व्यवस्थाहरुका तुलनामा प्रस्तावित विधेयकले कतिपय महत्वपूर्ण बिषयहरु समेट्नु एकातर्फ सुखद छ भने अर्कातर्फ कतिपय सन्दर्भमा विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने लगायतको संविधानको मर्मलाई पूर्ण रुपमा आत्मसात गर्न सकेको छैन । साथै, विद्यालय शिक्षक र विद्यालय कर्मचारीहरुको जायज र उपयुक्त मागलाई समेत सम्बोधन गर्न नसकेको देखिन्छ । यो विधेयकलाई ऐन बनाउँदा यसमा परिमार्जन÷संशोधन गर्न पर्ने विषयहरु छन् ।संसदमा दर्ता भएको विधेयकलाई संसदीय प्रक्रियाबाट नै आवश्यक संशोधन र परिमार्जनका माध्यमबाट सर्वस्वीकार्य बनाउन पहलकदमी लिने प्रतिवद्धता समेत जाहेर गर्दै सरकार र आन्दोलनरत पक्षलाई सार्थक वार्ता र संवादबाट यथाशीघ्र समस्याको समाधान खोज्न र पठन–पाठन सुचारु हुने वार्तावरण निर्माण गर्न कार्यसमितिको यो बैठक अपिल गर्दछ ।मुलुकको समग्र समुन्नतिको मार्गप्रशस्त गर्ने प्रारम्भिक थलो विद्यालयहरु नै हुन् । विद्यालय शिक्षामा सम्पुर्ण सुधार गर्दै शिक्षक र शिक्षण पेशालाई प्रतिष्ठित, मर्यादित र आकर्षक बनाउनु हामी सबैको दायित्व हो । यस दिशामा सबैको साझा प्रतिबद्धता र प्रतिबद्धता अनुरुपको भुमिकाका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक अपिल गर्दछ ।कृष्णप्रसाद पौडेलमुख्य सचिव
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles