Saturday, March 15, 2025

काठमाडौंको चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलस्थित चोककुमार श्रेष्ठको चप्पल कारखानामा आगलागी हुँदा ९३ लाखभन्दा बढीको क्षति भएको छ ।

ताजा / भरखरै प्राप्त

गए राति विद्युत् सर्ट भई आगालागी हुँदा कारखानामा रहेका मेसिन, केमिकल, चप्पल तथा अन्य सामान जलेर करिब रु ९३ लाख २० हजार बराबरको धनमाल नष्ट भएको प्रारम्भिक विवरण आएको चन्द्रागिरिका प्रहरी नायब उपरीक्षक नारायण अधिकारीले जानकारी दिए।

यसैगरी गए राति नै काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने ४५ वर्षीय इन्द्रनारायण मानन्धरको घरमा खाना पकाउने क्रममा अचानक ग्यास लिक भई आगलागी हुँदा करिब रु १० लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

३८ लाख बढी चोरी

प्रहरीका अनुसार काठमाडौँको तारकेश्वर नगरपालिका–७ डाँडागाउँ डेरा गरी बस्ने कास्की पोखरा महानगरपालिका–३३ घर भएकी ३५ वर्षीया देवी पुनको कोठाबाट नगदसहित गरगहना चोरी भएको छ ।

कोठामा कोही नभएको अवस्थामा ताला फुटाइ सुनका गरगहना र नगदसमेत गरी करिब रु एक लाख १४ हजार बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

यस्तै चन्द्रागिरि–१४ नैकाप प्रगति सङ्गम टोल बस्ने सुजित श्रेष्ठको घरबाट विभिन्न प्रकारका सुन तथा चाँदीका गरगहना, विदेशी मुद्रा, नेपाली रुपैयाँसमेत गरी करिब रु ३७ लाख ४५ हजार एक सय ५० बराबरको धनमाल चोरी भएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए । चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ !

Previous article
ड्युटीमा रहेका प्रहरी कुट्ने तीनजना पक्राउसंखुवासभा । संखुवासभाको पाँचखपनस्थित बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका–७, बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल र विष्णु कटुवाल पक्राउ परेका प्रहरी नायब उपरीक्षक धनश्याम श्रेष्ठले जानकारी दिए ।उनीहरुको आक्रमणबाट प्रहरी हवल्दार सन्तोष राई घाइते भएका छन् । उनको प्राथमिक स्वास्थ्य केन्द्र उपचार हुन नसकेपछि थप उपचारका लागि संखुवासभा जिल्ला अस्पताल ल्याइएको छ ।मादक पदार्थ सेवन गरी होहल्ला गरिरहेको भन्ने खबरपछि प्रहरी टोली खटिएको थियो । त्यसक्रममा उनीहरुले प्रहरीमाथि आक्रमण गरेका थिए ।पक्राउ परेको तीनै जनालाई ७ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।घटनामा संलग्नलाई मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ बमोजिम अनुसन्धान गरेर कारबाही प्रक्रियाअघि बढाउने प्रहरीको तयारी छ ।
Next article
उपत्यकाको सुरक्षाका लागि १२ हजार प्रहरी तैनाथ : उपत्यका प्रहरी प्रमुखकाठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले ‘सुरक्षित उपत्यका अभियान’ मा नेपाल प्रहरी लागेको बताएका छन् । सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीले आज यहाँ आयोजना गरेको ‘नागरिक सुनुवाइ–२०८०’ मा उनले काठमाडौँ, भक्तपुर र ललितपुरलाई सुरक्षित बनाउने अभियानमा प्रहरी लागेको बताए ।“काठमाडौँ उपत्यकालाई सुरक्षित बनाउन नागरिकसँग हातेमालो गर्दै अपराध नियन्त्रण गर्ने र आपराधिक क्रियाकलापमा संलग्नलाई कानुनी दायरामा ल्याउनका लागि योजना बनाएका छौँ,” प्रमुख थापाले भने । उपत्यकाको सुरक्षाका लागि १२ हजार प्रहरी तैनाथ रहेको उनको भनाइ थियो ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles