वीरगंज महानगरपालिकाको आयोजनामा वीरगंजकाे आदर्शनगरस्थित स्विमीङ् पुलबाट सुरु भएको र्यालीले वीरगंज बजारको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य प्रदीप यादवले सामाजिक सद्भावलाई कायम गरेर समाजलाई विद्रोह हुनुबाट बचाउनुपर्नेमा जोड दिए । धार्मिक सहिष्णुताको भाव जागृत गरेर जात, धर्म र अन्य कारणले समाजलाई भाँड्ने काम नगर्न उनले सुझाव दिए ।
आफु यहाँकै जनताको मतबाट दुई पटक सांसदमा निर्वाचित हुँदासम्म कहिलै पनि धार्मिक विभेद नभएको बताउँदै उनले पछिल्लो समयमा सामाजिक सञ्जालमार्फत भइरहेका उच्छृंख गतिविधिको भत्सर्ना गरे ।
धर्मकै नाममा विभेद गरेर समाजमा कलह र हिंसा पैदा गर्न खोज्नेहरुदेखि वीरगंज सचेत छन् भन्ने सन्देश प्रवाहका लागि सद्भाव र्याली निकालिएको वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताए ।
उनले भने, ‘हामी वीरगंजबासी एकदम सचेत छौँ र हामी एकआपसमा मिलेर बसेका छौँ भन्ने सन्देश हामीले यस र्यालीबाट दिन खोजेका हौँ ।’ पछिल्लो समयमा धार्मिक गतिविधि बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै प्रमुख सिंहले समाजलाई भाँड्ने तत्वहरुको पहिच
