Monday, March 17, 2025

अवैध मदिरासहित ५ जना भारतीय नागरिक पक्राउमकवानपुर । हेटौंडाबाट अवैध मदिारासहित ५ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भन्सार छली ल्याइएको ८५५ बोतल विभिन्न ब्राण्डका मदिरासहित उनीहरुलाई हेटौंडा–१५ रातोमाटे चौकीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको पश्चिमी दिल्ली बस्ने वर्ष २७ का विक्की, वर्ष २५ का राहुल, वर्ष २८ का कुनाल, वर्ष ३१ का नहिम र वर्ष ३७ का राजु छन् ।गत असोज ५ र ६ गते २ वटा कारमा फल्स बटम बनाएर मदिरा ल्याएको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । उनका अनुसार असोज ५ र ६ प्रहरी चौकी रातोमाटे, मकवानपुरबाट खटिएको प्रहरी टोलीले चेकपोष्ट अगाडि सडकमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा अवैध मदिरा बरामद गरिएको थियो ।चितवनबाट हेटौंडा हुँदै वीरगञ्जतर्फ जाँदै गरेको अवस्थामा डीएल २ सीएके १३९० र डीएल २ सीएके ७२७३ नम्बरको भारतीय कारलाई शंका लागि चेकजाँच गर्ने क्रममा भन्सार छलेर ल्याइएका रोयल ग्रीन ह्विस्की ३७५ एमएलका ७१५ बोतल र १८० एमएलका १४० बोतल बरामद भएको उनले बताए ।बरामद मदिरासहित कार र पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको उनले बताए ।भारतको हरियाणाबाट उत्पादित उक्त मदिरा नवलपरासीको नाकाबाट नेपाल भित्रिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार नवलपरासीबाट चितवन हुँदै हेटौंडा आइपुगेको उक्त कारको डिक्कीमा फल्स बटम बनाइ मदिरा ढुवानी गरिएको थियो ।भारतको बिहारमा मदिराजन्य पदार्थ बन्देज भएकाले नेपालको बाटो हुँदै रक्सौल नाकाबाट उक्त मदिरा भारतको बिहार पु¥याउने योजना रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।

ताजा / भरखरै प्राप्त

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles