Thursday, October 23, 2025

नगद र चार किलो चरेससहित एक जना पक्राउधनगढी । कैलालीमा चार किलो चरेससहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र प्रहरी प्रदेश कार्यालयबाट खटिएको टोलीले कैलालीको गौरीगंगा नगरपालिकाको राजिपुर क्षेत्रबाट लागुऔषध चरेससहित एक जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा बझाङको सुर्मा घर भएर राजीपुर बस्ने ४४ वर्षीय सालिमान पुजारा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लाेकबहादुर कार्कीले जानकारी दिए ।उनको साथबाट ४ किलो ८ सय ग्राम चरेश र ५०० दरका ३७ गरेर १८ हजार पाँच सय भारतीय रूपैयाँ बरामद गरिएकाे कार्कीले बताए ।पुजारालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा / भरखरै प्राप्त

Previous article
Next article
३२ किलो चरेशसहित क्षेत्रबहादुर पक्राउपर्सा — प्रहरीले ठूलो परिमाणमा लागूऔषध चरेशसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठोरी गाउँपालिका–४ विजयबस्तीका ३४ वर्षीय क्षेत्रबहादुर श्रेष्ठ छन् ।जिराभवानी गाउँपालिका–१ गम्हरियास्थित सडकखण्डमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगन्ज तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो ।ना ६१ प ९७०० नम्बरको मोटरसाइकलमा सूवर्णपुरबाट वीरगन्जतर्फ आउँदै गरेका श्रेष्ठलाई रोकेर खानतलासी गर्ने क्रममा मोटरसाइकलको पछाडि सिटबाट चरेश बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले मोटरसाइकलसहित श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कुमार विक्रम थापाका अनुसार सेतो बोराभित्र टेपले र्‍यापिङ गरी प्रतिप्याकेट ५ सय ग्रामका दरले ६४ प्याकेटमा जम्मा ३२ किलो चरेश फेला परेको थियो ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles