नाबालिग बलात्कार मुद्दाको अन्तिम सुनवाइका लागि आइतबार पेसी परेका कारण सन्दीप टोलीसँगै चीन जान पाएनन्। तर काठमाडौं जिल्ला अदालतले न्यायाधीश अभाव भएको भन्दै सुनुवाइ स्थगन गरेपछि उनी आज चीन प्रस्थान गर्दै छन् । एसियाडमा नेपाली टोलीले बुधबार मंगोलियासँग खेल्दै छ। खेल जेझियाङ क्रिकेट फिल्डमा बिहान ६:४५ बजे हुनेछ।
समूह चरणको अन्तिम खेलमा नेपालले आगामी आइतबार मालदिभ्ससँग खेल्ने तालिका छ। क्वार्टरफाइनलमा पुगे नेपालले पुनः टेस्ट टोलीसँग खेल्नेछ। क्वार्टरफाइनलमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले सिधै स्थान बनाएका छन्। एसियाडमा क्रिकेटका खेलहरु १० गतेदेखि २१ गतेसम्म चल्नेछ।
नेपालको टोली स् रोहितकुमार पौडेल ‘कप्तान’, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख ‘विकेटकिपर’, कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, सागर ढकाल, विवेककुमार यादव, प्रतिश जिसी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी ‘विकेटकिपर’।

