प्रहरीले ६४ वटा पोकामा रहेको ३२ किलोग्राम चरेससहित एक जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा पर्साकै ठोरी गाँउपालिका वडा नम्बर ४ विजय वस्तीका क्षेत्र बहादुर श्रेष्ठ रहेका छन् ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले नेपालबाट भारततर्फ मोटरसाइकलमा सवार भइ जाँदै गरेका श्रेष्ठलाई प्रहरीले चमरी पुलमा रोकेर चेकजाँच गरेको थियो ।
श्रेष्ठ सवार मोटरसाइकलबाट ६४ वटा पोकामा रहेको लागुऔषध चरेस बरामद भएको प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए ।पक्राउ परेका श्रेष्ठलाई चरेस र मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धानका भइरहेको प्रहरीले जनाएको छ ।
