Thursday, October 23, 2025

५९ लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद:-

ताजा / भरखरै प्राप्त

वीरगञ्ज । पर्सा प्रहरीले ५९ लाख भन्दा बढीको भन्सार छलीको खुद्रा तथा लत्ताकपडाहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ ।वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुर स्थित सडकखण्डमा ना. ५ ख ४३२८ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको हो ।
बिल विजक भन्दा बढी लत्ताकपडाहरू तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट रुपन्देहीतर्फ जाँदै गरेको भन्ने सूचनाको आधारमा रोकी चेक जाँच गर्दा भन्सार छलीको समान बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।उनले ५९ लाख ४ हजार ६ सय ६१ बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको लत्ताकपडा तथा खुद्रा सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles